तामाङको जनसंख्या ४३ प्रतिशत

विदुर । राष्ट्रिय जनगणना २०७८ अनुसार नुवाकोटमा तामाङ समुदायको जनसंख्या साढे ४३ प्रतिशत पुगेको छ । तथ्याङ्क कार्यालयका नुवाकोटका अनुसार हाल नुवाकोटको जनसंख्या २ लाख ६३ हजार ३९१ रहेको छ । जसमध्ये एकलाख ३४ हजार ३९३ जना महिला रहेका छन् भने एक लाख २८ हजार ९९८ पुरुष रहेका छन् ।

जिल्लामा रहेको कुल जनसंख्यामध्ये सबैभन्दा बढी तामाङ समुदाय ४३.२१ प्रतिशत रहेका छन् । त्यस्तै ब्राह्मण समुदायका व्यक्तिहरू १७.१३ प्रतिशत र क्षेत्र समुदायका ११.९५ प्रतिशत रहेका छन् । यस्तै नेवार सुमदायका व्यक्तिहरू ७.७१ प्रतिशत रहेका छन् भने गुरुङ समुदायका व्यक्तिहरू १.०१ प्रतिशत रहेका छन् । नुवाकोटमा रहेको कुल जनसंख्या मध्ये २.६ प्रतिशत अपाङ्गताका भएका व्यत्तिहरूको रहेको छ ।

२१ श्रावण २०८०, आईतवार १८:४७



तपाईको प्रतिक्रिया