बेलकोटगढी नगरपालिकाको अभियान कृषि र विद्युतिकरणमा केन्द्रीत

बेलकोटगढी नगरपालिकाका मेयर जगतबहादुर गुरुङ (दाँयाँबाट दोश्रो) कृषकसंग ।

बेलकोटगढी । बेलकोटगढी नगरपालिकाका मेयर जगतबहादुर गुरुङ नगरपालिकाका सम्भावना र तत्काल हटाउनुपर्ने समस्याको खोजीमा केन्द्रीत देखिएका छन् । उनी नगरपालिका भित्र पछिल्लो समय कृषिमा सम्भावनाको खोजी गरिरहेका छन् । साथै नगरपालिकाका ग्रामिण भेगमा विद्युत लैजाने अभियानमा आफै विजुलीका तार बोकेर कुद्न थालेका छन् ।

मेयर गुरुङ नगरपालिकाको कृषहरूको सम्भावना र उब्जिएको समस्याको समाधानका लागी खेतवारी, कृषिफर्म र विभिन्न कृषि बिज्ञहरूसंग नियमित भेटघाट छलफल र अन्तरक्रियामा बोक्लै भेटिन थालेका छन् । घरीको कृषक समसहुसंगको छलफल त घरीको कृषकको खेतबारीमा पुग्थ्न थालेका मेयर गुरुङ कृषिमा आधुनिकिरणका लागि सम्भावना देखिएरहेका छन् । ‘हामीसंग कृषिबाटै नागरिकहरूको आर्थिक उत्थान गर्नेको विकल्प छैन’, उनले भने– ‘परम्परागत खेती प्रणालीले बिहान बेलुकाको गाँस समेत धान्न नसक्ने आवस्था सृजना भइरहेको छ, त्यसबाट आर्थिक आर्जन गर्ने त परको कुरा । त्यसैले पनि हामी नागरिहरूलाई सघाउने योजना बनाउने धुनमा छौं ।’

गएको शनिबार मेयर गुरुङ ललितपुरको गोदावरी स्थित सर्बश्रेष्ठ बिउ उत्पादन केन्द्रको अध्ययनका साथै बिउविजन बिशेषज्ञ प्रबेश श्रेष्ठसंगको भेटमा व्यस्त देखिए । आफ्नो नगरपालिका ग्रामीण नगरपालिका, भुगोल र मौसमको हिसाबले धेरै प्रकारका खाद्य बस्तुहरूको बिउ उत्पादन गर्न सकिने भएकोले त्यसको सम्भावनाका लागी अध्ययन गर्न नगरप्रमुख कृिष बिशेषज्ञहसंग प्राय छलफलमै थिए । नगरपालिका भित्र रहेका कृषक, कृषिफर्म, कृषका समुह र सहकारी सस्थाहरूसंग मिलेर पालिकाभित्रनै आवश्यक बिउ–बिजन उत्पादनमा लाग्ने योजनामा रहेकोले उनले तरकारीजन्य बस्तुको बीउ उत्पादनको निमित्त ललितपुरको सर्बश्रेष्ठ सिडससंग प्राबिधिक सहयोगको लागि आग्रह समेत गरेका छन् ।

सम्भावना बोकेको बेलकोटगढीका बेरोजगार युवाहरूलाई समेटेर बैदेशिक रोजगारमा जाने क्रममा रहेका युवालाई स्वदेशमै काम गर्ने बाताबरण बनाउनको लागि प्राबिधिक सहयोग मात्रै चाहेकोले सहयोग गर्न र यहाँ उत्पादन हुन सक्ने बिउ–बिजनको बारेमा अध्ययन र अनुसन्धान गरी कृषकहरूलाई आवश्यक परामर्श गरिदिन उनले आग्रह गरे ।

यसको लागि नगरपालिकाको तर्फबाट गर्नुपर्ने सबै कार्यहरूको लागि नगरपालिका तयार रहेको बताउँदै मेयर गुरुङले किसानले गुणस्तरीय बिउ प्रयोगगरी र उत्पादन बढाई किसानको मुनाफाको सुनिश्चितताको लागी खास काम गर्ने जनाएका छन् । ‘आउँदो बर्षहरूमा बिउ–बिजनहरू अन्यत्रबाट किन्नुपर्ने बाताबरण अन्त्य गर्ने र धान, गहुँ, मकै, कोदो र आवश्यक अन्य खाद्यान्नबालीको बिउविजन उत्पादनमा लाग्नुपर्ने देखिएको छ र म यसमा काम गर्न थालिसकेको छु’ गुरुङले भने ।

कृषिमा क्रान्ति बोलेर मात्रै नआउने र यसको लागि आधुनिकिकरण र यान्त्रिकरणमा लागेर गुणस्तरीय बिउ–बिजन र समयमानै मलको व्यवस्थापन गरेमात्रै कृषिमा क्रान्ति गर्न सकिने भएकाले उक्त लक्ष्यका साथ बेलकोटगढी नगरलाई कृषिमा आत्मनिर्भर बनाउने आफ्नो उद्देश्य रहेको उनले बताएका छन् ।

पोलपोलमै पुग्न थाले मेयर गुरुङ

बेलकोटगढी । कृषिको सम्भावनाका साथमा नागरिकहरूलाई त्तकालदै पर्ने समस्या समामाधानका लागि भिडिरहेको उनी हिजोआज बिजुलीबत्तीका तार आफ्नै बोकेर समस्या भएको पोल पोल र टोलटोलमा पुग्न थालेका छन् ।

आफ्नो कार्यकालय सुरु भएको छोटो समयमा नै बेलकोटगढी नगरपालिकाले बिद्युतीकरणमा फड्को मारेको उनको भनाई रहेको छ । उनका अनुसार नगरपालिकाको वडा नम्बर ५, ६ र ७ हुँदै पालिकाको केन्द्र बाघखोरसम्म विद्युतीकरणको लाईन धमाधम विस्तार हुँदैछ । नगरप्रमुखमा निर्बाचित भएर आएसँगै मेयर जगतबहादुर गुरुङले सबै वडामा नियमित र व्यवस्थित तरिकाले बिद्युत पु-याउने उद्घोष गरे अनुसारको काम आरम्भ भएको उनले बताएका छन् ।

‘सबै वडामा यसअघि नै बिद्युतको लाईन पुगेपनि व्यवस्थित थिएन । कतै बाँसको लौरो गाडेर, कतै काठको खम्बा गाडेर बिद्युतीकरण गरिएको नगरपालिकामा अब भने पक्की फलामे पोल र नयाँ ट्रान्समिटर सहितको व्यबस्थित बिद्युतीकरणको कार्य भैरहेको छ’ मेयर गुरुङले भने ।

बेलकोटगढी नगरको वडा नम्बर ७ को थालडाँडामा हालसम्म बिजुलीको लाईन नपुगेको केही दिनमै त्यहाँका नागरिकहरूको घरमा बिजुली बाल्न सकिने प्रमुख गुरुङले जानकारी दिएका छन् । बिद्युत प्राधिकरण बितरण केन्द्रको सहकार्यमा व्यवस्थित बिद्युतिकरणको काम भइरहेको छ ।

बेलकोटगढी नगरपालिकामा अव्यवस्थित विद्युतिकरणका कारण नागरिकहरूको ज्यान समेत गइसकेको छ ।

डिपिआर बोकेर मन्त्रालय

काठमाडौं । बेलकोटगढी नगरपालिकाका मेयर जगतबहादुर गुरुङ गत हप्ता ३७ किलोमिटर सडकको डिपिआर बोकेर शहरी विकास मन्त्रालय पुगेका छन् ।

बाघखोरबाट गल्छी–त्रिशुली–केरुङ मार्ग जोड्ने ३७ किलोमिटर कोल्पुटार–डबली–दियाले–बाघखोर सडक रकम अभावले निर्माण सुरु हुन नसकेको भन्दै मेयर गुरुङ डिपिआर बोकेर उनी मन्त्रालय पुगेका हुन् ।

मन्त्री मेटमणी चौधरीसँग भेटेर मेयर गुरुङले सो सडक योजनामा समावेश गरी नगरपालिकाको केन्द्रलाई मुल सडकसम्म जोड्ने मार्ग निर्माणमा सहयोग गर्न माग गरेका छन् । मन्त्री चौधरीले डिपिआरअनुसारको सडक निर्माणको सो योजना कार्यान्वयन गर्नका बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेको गुरुङले बताए ।

बेलकोटगढी र कोरियनबीच सम्झौता पत्रमा हस्ताक्षर

बाघखोर । बेलकोटगढी नगरपालिकाले कृषिमा आधुनिकीकरण, यान्त्रिकरणलगायत विषयमा कोरियन कम्पनी ग्रिनल्याब्ससँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।

मेयर जगतबहादुर गुरुङ र कोरियन कम्पनीका प्रतिनिधिले एक कार्यक्रमबीच गएको शुक्रबार हस्ताक्षर गरी समझदारी पत्र (एमओयू) आदानप्रदान गरेका छन् । सम्झौतापत्र अनुसार बेलकोटगढी नगरको कृषिमा आधुनिकीकरण, यान्त्रिकरण, आलुको बीउ उत्पादन गरी उत्पादन उपभोग, प्रशोधनसहित बजारीकरणको ग्यारेन्टी ग्रिनल्याब्स कम्पनीले गर्नेछ ।

साथै कृषकलाई आत्मनिर्भर बनाउनुका साथै कृषकहरूको सामाजिक सुरक्षा, युवाहरूलाई रोजगारीसँग जोड्ने उद्देश्यले पनि समझदारी पत्रमा हस्ताक्षर गरिएको मेयर गुरुङले बताएका छन् । नगर र कोरियाका कृषकहरूबीच कृषि क्षेत्रका अनुभव साटासाट गरेर काम गरिने छ ।

१३ भाद्र २०७९, सोमबार ०४:००



तपाईको प्रतिक्रिया