कोल्पुखोलामा शव फेला

नुवाकोट । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका-५ कोल्पुखोलामा एक शव फेला परेको छ । ओखलढुंगा घर भई कोल्पुखोलामा बालुवा चाल्ने र बिक्री वितरण गरी गुजारा चलाउँदै आएका अन्दाजी ५० वर्षका अनिल भन्ने व्यक्ति मृत भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

ती व्यक्ति ८/१० दिनदेखि बेपत्ता रहेको स्थानीयको भनाइ उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रबहादुर खड्काले बताए । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशूलीमा राखिएको छ । मृतकको वास्तविक घर ठेगाना खुलेको छैन । उनी करिब १० वर्षदेखि त्यही क्षेत्रमा काम गर्दै आएका थिए ।

१८ बैशाख २०८०, सोमबार १५:०१



तपाईको प्रतिक्रिया