त्रिशुली । छैटौं संविधान दिवसको अवसरमा शनिवार विदुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष लेनिन रञ्जितले त्रिशुली सामाजिक क्लबलाई सरसफाई सामाग्रीहरु उपलब्ध गराएका छन् । त्यस अवसरमा क्लव र स्थानीयहरुको सक्रियतामा त्रिशुली बजारको सरसफाई समेत भएको छ ।
त्रिशुली सामाजिक क्लबका र त्रिशुली बजारका स्थानीय युवाहरुको नेतृत्वमा कोभिड १९ कोरोना भाइरस सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको क्लवका अध्यक्ष नरेन्द्र अमात्यले जानकारी दिए । ‘घर आगन सफा राखौ, कोरोना जस्ता भाइरस भगाऊ’ भन्ने नाराका साथ स्थानीयहरुले बजारको सरसफाई गरेका हुन् ।







४ आश्विन २०७७, आईतवार ०७:५१