विदुरमा पनि बिद्युतिय बस सञ्चालको तयारी

विदुर । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयले इन्धनबाट सञ्चालित सवारीलाई विस्थापित गरी विद्युतीय बस सञ्चालन गर्न सातवटा मार्ग तयार गरेको छ । जसमा नुवाकोट पनि परेको छ ।

मन्त्रालयका अनुसार प्रदेशका मुख्य शहर हेटौँडा, भरतपुर, सिन्धुलीमाढी, नुवाकोटको विदुर नगरपालिका, धुलिखेल, काठमाडौं उपत्यका र धादिङबेंसीमा विद्युतीय सवारीसाधन सञ्चालनका लागि रुट तयार भइसकेको छ । यसका लागि मन्त्रालयले निजी क्षेत्रका व्यवसायीलाई बस सञ्चालन गर्न आग्रह गरिसकेको भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले जानकारी दिएका छन् ।

चार्जिङ स्टेशन निर्माणका लागि १ सय १९ स्थानीय तहलाई सूचना आह्वान गरि सकेको छ । उनका अनुसार यसका लागि गल्छी गाउँपालिका लगायत आठ स्थानीय तहले चार्जिङ स्टेशनका लागि जग्गा उपलब्ध गराउने आशयपत्र मन्त्रालयमा पठाइसकेका छन् । चार्जिङ स्टेशनको निर्माण गर्न नेपाल विद्युत प्राधिकरण, नगर विकास कोष, सम्बन्धित स्थानीय तह र प्रदेश सरकारले संयुक्तरुपमा गृहकार्य गरिरहेका छन् ।

बिद्युतिय बस सञ्चालनको लागी विदुर नगरपालिकामा चार्जिङ स्टेसन निर्माण हुने छ ।नगरपालिकाले स्टेसनको लागी बसपार्क या अन्य स्थानको छनौट गर्ने भन्ने बिषयमा अध्ययन भैरहेको जनाएको छ ।

२९ मंसिर २०७७, सोमबार १०:२८



तपाईको प्रतिक्रिया