विदुर नगरपालिकामा मंगलवार बिदा

विदुर । पृथ्वी जयन्तीको अवसरमा भोली मंगलबार विदुर नगरपालिकाले विदा दिइएको छ । पृथ्वी जयन्तीका अवसरमा यही पुस २७ गते नुवाकोटको विदुर नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

विदुर नगरपालिकाले यस अघिका दुई वर्ष पनि पुस २७ गते सार्वजनिक विदा दिएको थियो । विदुर नगरपालिकाले नगरपालिका मातहतका सवै कार्यालय तथा संरचना एक दिन बन्द रहने जनाएको छ ।

आधुनिक नेपालका राष्ट्रनिर्माता तत्कालीन राजा पृथ्वीनारायण शाहको योगदानलाई उच्च सम्मान र कदरस्वरुप स्थानीय सरकारको तर्फबाट राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्तीलाई भव्यता साथ मनाउन सार्वजनिक बिदाको घोषणा गरिएकोे विदुर नगरपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल एकीकरण थालनी भएको गौरवपूर्ण इतिहासलाई भुल्न नहुने भन्दै नपाभित्र बिदा दिने निर्णय गरिएको विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले बताएका छन् ।

पृथ्वीनारायण शाहले १८०१ सालमा नुवाकोटवाटै नेपाल एकिकरणको सुरुवात गरेका थिए ।

२६ पुष २०७८, सोमबार २१:०४



तपाईको प्रतिक्रिया