समुन्द्रटार । दुप्चेश्वर गाउँपालिका वडा नं. १ को घ्याङ्फेदी स्थित सिसिपुमा अविरल वर्षाका कारण पहिरो जान थालेको छ ।
चार दिनदेखि पर्न थालेको वर्षा रोकिएको छैन । जसले गर्दा ठाउँ ठाउँमा पहिरो जान थालेको छ । १०५ भन्दा बढी घर पहिरोको जोखिममा रहेको जानकारी आएको गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिएका छन् । १०५ भन्दा बढि घरका परिवारका सदस्यहरु आफ्नो घर छाडेर अन्यत्र हिडेको खबर आएको छ ।
सिसिपुको माथिल्लो भागको पहाडबाट पहिरो जान थालेको स्थानीयहरुले बताएका छन् । स्थानिय विष्णु तामाङ्ग र कृष्ण तामाङ्गले त्यहाको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि गाउँपालिका अध्यक्ष त्यस तर्फ प्रस्थान गरेका छन् । अब डेढ घण्टामा सिसिपु पुग्ने अध्यक्ष तामाङले बताए ।
अहिले पनि भयङ्कर वर्षा भइरहेको र पैदल हिड्न समेत समस्या भएको उनले खबरपेजलाई बताएका छन् । प्रहरी समेत सिसिपु तर्फ प्रस्ताव गरेको खबर प्राप्त भएको छ ।
२३ भाद्र २०७७, मंगलवार १६:३७