झोलुङ्गे पुलको सुरुवात

दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले २ वटा झोलुङ्गे पुल बुधबार उद्घाटन गरेका छन् । गाउँपालिकाको वडा नं. २ र ३ को बीचको खोलामा निर्माण सम्पन्न झोलुङ्गे पुल उनले उद्घाटन गरेका हुन् ।

११६ मिटर लम्बाई भएको पुलको कुल लागत ४१ लाख, ६४ हजार रुपैयाँ रहेको छ । सो पुलले राउतबेशीका वासिन्दाका साथ स्कुल आउजाउ गर्ने विद्यार्थीहरुलाई निकै सहज हुनेछ ।

त्यस्तै उचिवा खोलामाथी ४१ लख २५ हजार रुपैयाँमा झोलुङ्गे पुल तयार भएको छ । बोलगाउँ र सिङवामन जोड्ने सो पुलबाट ३२० घरधुरीलाई प्रत्यक्ष फाइदा पुग्ने छ । उक्त पुलबाट दैनिक झण्डै २ सय मानिस ओहोर दोहोर गर्ने अनुमान छ ।

२४ आश्विन २०७७, शनिबार १२:१८



तपाईको प्रतिक्रिया