समुन्द्रटार । दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योबिन्द्रसिंह तमाङ र उपाध्यक्ष अञ्जु आचार्य कोरोना संक्रमित भएका छन् ।
उनीहरु सहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज बिहान नतिजा आएको गाउँपालिका अध्यक्ष तामाङले जानकारी दिएका छन् । उनी अहिले आफ्नै घरको आइसोलेसनमा बसेका छन् । कोरोका भाइरससंग मिल्दोजुल्दो लक्षण देखिएपछि उनको स्वाव संकलन गरेर परिक्षणका लागि टेकु पठाइएको थियो ।
कोरोनाबाट संक्रमित भएका गाउँपालिका उपाध्यक्ष आचार्य पनि होम साइसोलेसनमा छन् । जनस्वास्थ्य प्रयोगशाला टेकुले शनिवार बिहान आफू र उपाध्यक्ष आचार्यसहित ११ जनामा संक्रमण पुष्टि भएको विवरण उपलब्ध गराएको अध्यक्ष तमाङले जानकारी गराए ।
तमाङका अनुसार गत सोमबार स्वाव परिक्षणका लागि पठाईएकोमा गाउँपालिकाका सवारी चालक, एम्बुलेन्स चालक, कार्यालय सहयोगी सहितमा संक्रमण देखिएको हो । अध्यक्ष, उपाध्यक्षको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ ।
२४ आश्विन २०७७, शनिबार १३:४१