समुन्द्रटार बजार बाढीको उच्च जोखिममा

समुन्द्रटार बजारमुनी चन्द्रमती नदीको गरेको जमिन कटान । तस्बिर : जगदीश खनाल

समुन्द्रटार । दुप्चेश्वर गाँउपालिकाको केन्द्र रहेको समुन्द्रटार बजार बाढीको उच्च जोखिममा रहेको छ ।
दुई खोलाहरूको बीचमा रहेको नुवाकोटको पुर्वी भेगको सदरमुकाम मानिने समुन्द्रटार बजार बाढीको उच्च जोखममा रहेको हो ।

गत साउन २४ गते रातीको बर्षाका कारण चन्द्रमती खोलामा आएको बाढीले जमिन कटान गरेको कारण समुन्द्रटार बजारनै जोखिममा परेको गाँउपालिकाका अध्यक्ष शंकरबहादुर थापाले बताएका छन् ।

साउन २४ को चन्द्रमती खोलाको बाढीले गरेको जमिन कटान र भदौ २ गते राती आएको बाढीले थप जमिन कटान गरेकाले बजारनै असुरक्षित हुँदै गएको उनले बताएका छन् । सुर्यमती र चन्द्रमती खोलाको बीचमा रहेको बजारको गत साउन २४ र भदौ २ गते राती आएको बर्षाका कारण खोला छेउका जमिनहरू अत्याधिक रुपमा कटान हुँदै गएका छन् ।

बाढी र पहिरोका कारण बजारको शिरमा रहेको समुन्द्रटार स्वास्थ्य चौकीको भवन असुरक्षित बनेको छ भने समुन्द्रटार हुँदै राउतबेसी र समुन्द्रटार हुँदै रामोती÷घ्याङफेदी जोडिएको सडकखण्ड पुर्ण रुपमा बन्द भएको छ । सडक खुलाउनका लागि छाडै काम थालिने गाउँपालिका अध्यक्ष थापाले बताएका छन् ।

अध्यक्ष थापाका अनुसार साउन २४ गते आएको बाढी र पहिरोका कारण क्षती भएको सडक सूचारु भैसकेको थियो तर भदौ २ गते राती पुनः आएको अबिरल बर्षका कारण सुचारु भैसकेका सम्पुर्ण ग्रामिण सडकहरू पुर्ण रुपमा क्षति हुनुका साथै ५० भन्दाबढी घरहरू जोखिम र हजारौ रोपनी धानखेतमा क्षगि पुगेको छ ।

५ भाद्र २०७९, आईतवार १६:३९



तपाईको प्रतिक्रिया