ककनी । जिल्ला सरकारी वकिल कार्यालय नुवाकोटले ककनी गाउँपालिकामा शनिवार समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न गरेको छ । समुदायमा कानूनको विषयमा सचेतना जागृत गर्न, अपराध विरुद्ध कसुरदारलाई सजाय दिलाउन सहयोगी र समन्वयात्मक भूमिका खेल्ने तथा उन्नत, समृद्ध र सहयोगी समाज निर्माण गर्नका लागि कार्यक्रमको आयोजना गरिएको हो ।
सरकारी वकिलको कार्यालयबाट सम्पादन हुने कार्य तथा न्याय सम्पादन प्रकृयालाई जनमानससम्म पु¥याएर न्यायीक प्रकृयालाई प्रभावकारी बनाउनका लागि कार्यक्रमको आयोजना गरिउको जिल्ला न्यायाधीवक्ता टेकराज भुषालले जानकारी दिएका छन् । ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा सरकारी वकीलको कार्यालयबाट प्रवाह हुने सेवा, सरकारी वकिलको कार्यालयमा सम्पर्क गर्ने माध्यम, पिडितले कानूनी सल्लाह लिने विधि, सरकारीरवादी मुद्दाको अनुसन्धानमा नागरिक समाजले खेल्ने भूमीका लगायतका विषयमा अन्तरक्रिया भएको छ । नागरिक समाज, जनप्रतिनिधि तथा अन्य सरकारी कार्यालयका प्रमुखहरूको समेत सहभागितामा भएको उक्त कार्यक्रम जिल्ला सकारी वकिलको कार्यलबाट भएका कार्य सम्पादनको बारेमा जानकारी दिइएको छ ।
जिल्ला न्यायाधीवक्ता भुषालका अनुसार सरकारी वकिल कार्यालय नुवाकोटमा दुई वर्ष नाधेका मुद्दा ४४ वटा छन् । गत आर्थिक वर्षको १२७ मुद्दा, कात्तिक मसान्तसम्मको ३३ वटा मुद्दा रहेको कार्यक्रममा जानकारी दिइयो । कुल मुद्दा १६० रहेको र १२ वटा फछ्र्यौट भएको बताइएको छ ।
कसुर दावी नपुगेको ५ वटा र कसुर दावी कायम भएको ७ मुद्दा गरी अब कार्यालयले सम्पादन गरी रहेको मुद्दा संख्या १४८ रहेको भुषालले कार्यक्रममा जानकारी दिएका छन् ।
समुदायमा सरकारी वकिल कार्यक्रममा बोल्दै ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ कानूनको जानकारी आधारभुत र अत्यावश्यक रहेको उल्लेख गर्दै नागरिकहरूलाई कानूनको विषयमा सूचित गर्न स्थानीय सरकारले खास अभियान सञ्चालन गर्ने बताएका छन् ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मिठ्ठुमाया तामाङ, नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्याल, जिल्ला वन कार्यालय नुवाकोटका प्रमुख दीर्घनारायण कोइराला, जिल्ला मालपोत कार्यलय नुवाकोटका प्रमुख होमनाथ सेढाई, पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनाल, जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक लक्ष्मी खड्का, नुवाकोट वारका पुर्व अध्यक्ष देवराज कँडेल लगायतका अतिथिहरूले बोलेका थिए ।
त्यस अवसरमा सहभागि तथा जनप्रतिनिधिहरूको जिज्ञासाको जवाफ दिँदै सहायक प्रमुख जिल्ला अधिकारी अर्याल, बन कार्यालयका प्रमुख कोइराला, मालपोत कार्यालयका प्रमुख सेढाईले विधिको शासन स्थापित गर्न र न्यान दिनका लागि सरकारका तर्फबाट आफुहरू प्रतिबद्ध र प्रयासरत रहेको बताएका छन् ।
३ पुष २०७९, आईतवार १३:३१