नुवाकोट । किस्पाङ्ग गाउँपालिका वडा नं. २ फिकुरीमा आज दिउँसो परेको चट्याङ्गले बाधिराखेको किलोमै हल गोरु मारेको छ ।
फिकुरी ताजीको आलडाँडा (ऐसेलु गहिरो) स्थित गोठमा परेको चट्याङ्गले मित्रप्रसाद ढुङ्गेलको एक हल गोरु मरेको हो । सोही चट्याङ्गको आबाजबाट स्थानीय राधिका ढुङ्गेल अचेत बनेका थिए । उनको केही बेरपछि होस आएको थियो । उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको परिवारले जानकारी दिएको छ ।
उक्त गोठ वरपरका सल्लाका थुप्रै रुपमा चट्याङ्गले हानेको चोट देखिएको छ । ताजीको ३० भन्दा धेरै घरहरुमा बिजुली बत्तिको मिटरबक्स पनि पड्एिको छ । त्यस्तै घरका भित्ताहरु पनि चिरिएको स्थानीयहरुले जानकारी दिएका छन् ।
सात दिन अघि मात्रै किस्पाङ्ग–२ मा परेको चट्याङ्गबाट एक हल गोरु र किस्पाङ्ग–३ एउटा राँगो मरेको थियो ।


तस्बिरहरुः सन्तोष ढुङ्गेल
१० भाद्र २०७७, बुधबार २०:११