किस्पाङ गाउँपालिका वडा नं. २ फिकुरीका युवाहरुले गाउँ टोल सरसफाई अभियान सञ्चालन गरेका छन् । स्वतस्फुर्त रुपमा युवाहरुले सुरु गरेको गाउँघर सरसफाई अभियानका क्रममा घरघरमा हरियो, निलो र रातो प्लेट समेत राखिएको छ । सफा घरमा हरियो, फोहोर घरमा रातो र सफाई उन्मुख घरमा निलो प्लेट टाँसिएको सन्तोष ढुङ्गेलले जानकारी दिए ।






१६ आश्विन २०७७, शुक्रबार १८:४३