पिसिआर नगरेकाहरु गाउँ जान नपाउने

विदुर । नुवाकोटको एक स्थानीय तहमा प्रवेश पाउनका लागि कोरोना भाइरसको संक्रमण नभएको प्रमाणित गर्नुपर्ने भएको छ ।

हिजो गाउँ कार्यपालिकाको बैठकबाट उक्त निर्णय भएको भन्दै गाउँपालिकाले आम नागरिहरुलाई सूचीत गरेको हो । कोरोना संक्रमितहरु गाउँ प्रवेश गर्ने खतरा बढेकोले यसो गरिएको गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङले प्रतिक्रृया दिएका छन् । विभिन्न नाकाबाट पञ्चकन्या प्रवेश गर्ने र पञ्चकन्या हुँदै अन्यत्र जानेहरु नरोकिएपछि पिसिआर परिक्षण गरेर स्वस्थ्य रहेको प्रमाणित नभएसम्म गाउँमा प्रवेश नदिइने निर्णय भएको अध्यक्ष तामाङले सुनाए ।

पञ्चकन्या गाउँपालिकाले यस अघि चैत ८ गते पनि नेपाल सरकराले लकडाउन घोषणा गर्नुभन्दा दुई दिन पहिला नै आफ्नो गाउँपालिका आवतजावतमा रोक लगाउँदै सिल गरेको थियो ।

३० श्रावण २०७७, शुक्रबार १७:२४



तपाईको प्रतिक्रिया