पञ्चकन्या । माल्टेजर ईन्टरनेशनलको आर्थिक सहयोग तथा पञ्चकन्या गाँउपालिकाको समन्वयमा ग्रामिण स्वाबलम्वन विकास केन्द्रले स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
कोभिड १९ को रोकथामका लागि अग्रपंतीमा रहेर काम गरिरहेका स्वस्थ्यकर्मी तथा जनप्रतिनिधिहरुका लागि संस्थाले विभिन्न स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको हो । जसमा सर्किकल मास्क ३ पिई चाईनिज १२ सय वटा, पिपिई सेट चाईनिज लेवल २ ३० सेट, सर्जिकल पञ्जा १२ सय जोर, फेस सिल्ड ३० थान, थर्मोगन ६ वटा, सेनिटाइजर ६० लिटर, भिटिएम डेढ सय थान र जुत्ता कभर ६ सय जोर रहेको छ ।
गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाडले यो अप्ठ्यारो अवस्थामा उपलब्ध गएको स्वास्थ्य सामाग्रीले विश्व महामारीसंग लड्न सजिलो भएको प्रतिक्रृया दिएका छन् । यस अघि भुकम्पका कारण तहसनहस भएको व्यक्तिको घर निर्माणका लागि ग्रामिण स्वावलम्बन विकास केन्द्रले पञ्चकन्या गाउँपालिकामा ठूलो परियोजना सञ्चालन गरेको थियो । समस्या र अप्ठ्यारो बेलामा संस्थाले पञ्चकन्या गाउँपालिकामा पु-याएको अतुलनिय सहयोग र योगदानका लागि गाउँपालिका अध्यक्ष तामाङले सिङ्गै गाउँपालिकाको तर्फबाट संस्थाको प्रशंसा गरे ।
यस्तै, ग्रामिण स्वावलम्बन विकास केन्द्रले जिल्ला प्रशासन कार्यालयलाई पनि स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । पाँच हजार थान भन्दा बढि चाइनिज सर्जिकल मास्क प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाललाई प्रदान गरिएको फिल्ड संयोजक साधुराम सापकोटाले जानकारी दिए । कोप्डेक्स नुवाकोटका सचिव राजु मगरातीले समय जिल्ला प्रशासन कार्यालयमा सर्जिकल मास्क उपलब्ध गराएका छन् ।


२० भाद्र २०७७, शनिबार १३:०४