प्रविधिको प्रयोग

थप्रेक । पञ्चकन्या गाँउपालिकाले पनि पहिलो पटक अनलाइन प्रणाली मार्फत पञ्जीकरणको काम सुरु गरेको छ । सेवाको सुरुवात गाउँपालिका उपाध्यक्ष सीता पराजुली खड्काले गरे । त्यस अवसरमा विभिन्न वडाका अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, वडा सदस्यहरुको सहभागिता थियो ।

गाँउपालिकाको वडा नं. ४ को कार्यालयले अनलाइनबाट ब्यक्तिगत घटना दर्ताको सुरुवात गरेको हो । गाउँपालिकामा पहिलो पटक यस्तो व्यवस्थाको सुरुवात भएको र सबैभन्दा पहिला वडा नं. ४ बाट गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरेश पुडासैनीले जानकारी दिए ।

उनका अनुसार यो प्रणाली प्रयोगमा आएसँगै वडा नं. ४ का नागरिकले डिजिटल जन्मदर्ता, बिबाहदर्ता, मृत्युदर्ता, सम्बन्ध विच्छेद तथा बसाईँ सराईँ जस्ता व्यक्तिगत घटना दर्ताको प्रमाणपत्र प्राप्त गर्न सक्ने छन् ।

अस्पताल सञ्चालनको तयारी

लाकुरीभञ्याङ । नुवाकोटको पञ्चकन्या गाउँपालिकाले कोभिड १९ अस्पताल सञ्चालनका लागी आवश्यक जनशक्ती करार सेवामा पदपुर्ती गर्ने भएको छ ।

स्थानिय तहमा कोभिड १९ अस्पताल सञ्चालन सम्वन्धी मार्गदर्शन अनुसार ५ बेडको अस्पतालका लागी मेडिकल अधिकृत १ जना र स्टाफ नर्स २ जनाका लागी गाउँपालिकाले दरखास्त आब्हान गरेको हो ।

मेडिकल अधिकृत पदका लागी एमविविएस परिक्षा उतिर्ण गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको र स्टाफ नर्सका लागी नर्सिङ विषयमा प्रबिणता प्रमाणपत्र तह उतिर्ण गरी नेपाल मेडिकल काउन्सिलामा दर्ता भएको हुनुपर्ने योग्यता निर्धारण गरिएको छ । गाँउपालिका आफैले कोभिड १९ नियन्त्रण तथा रोकथामका लागी ५ बेडको अस्पताल सञ्चालन गर्न लागेको हो ।

२४ आश्विन २०७७, शनिबार ११:१५



तपाईको प्रतिक्रिया