विदुर । सुर्यगढी गाउँपालिका वडा नं. २ का क्यान्सर पीडित पुष्प लामालाई नेकपाका बाग्मती प्रदेश सांसद बद्री मैनालीले आर्थिक सहयोग गरेका छन् ।
१० बर्षिया लामाको उपाचारको लागी बुधबार उनका बुवा राजु लामालाई भेटेर सांसद मैनालीले १५ हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् । बिपन्न घरपरिवारका लामाको उपचारको लागी आर्थिक श्रोतको अभाव रहेको छ । उपचारमा सघाउन पुष्प लामाको परिवारले सबैलाई अपिल समेत गरेको छ ।
२१ आश्विन २०७७, बुधबार १९:४५