विकासको काम तिब्र

खरानीटार । तादी गाउँपालिकामा विकास निर्माणको कार्यहरुले तिब्रता पाएको छ । भौतिक पूर्वाधारहरुको केही काम सम्पन्न भएसंगै अन्य बाँकी बिकास निर्माणका कार्यहरु तिव्र गतिमा अगाडी बढेको गाँउपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डेले बताए ।

पाण्डेका अनुसार सडकलाई फराकिलो बनाउने, भवन निर्माण, खानेपानी ट्याङ्की निर्माण, ढलान गर्ने, धार्मिक मठमन्दिर एवं पुनःनिर्माण कार्यहरु अघि बढीरहदा कोरोनाले बिकास निर्माण कार्यलाई प्रभावित बनाए पनि कामले तीव्रता पाएको छ ।

यस्तै, स्थानीय तहमा रहेका बेरोजगारहरुलाई बार्षिक १ सय दिन रोजगार दिने प्रधानमन्त्रि रोजगार कार्यक्रम अन्तर्गत यस बर्ष १११ जना समाबेश छन् । जसका लागी केन्द्रबाट ५७ लाख ३९ हजार रुपैयाँ बजेट समेत प्राप्त भएको छ । यसका लागी केहि रकम स्थानिय तहले समेत बिनियोजन गरेको छ । गाँउपालिका भित्र रहेका १११ जना बेरोजगारहरुलाई परिचालन गर्दै गाँउपालिकाको बिकास निर्माण तथा स्थानियहरुको आयआर्जनको क्षेत्रमा रकम खर्चिदै आएको छ ।

यस्तै, गाँउपालिकाले कृषि क्षेत्रमा आवद्ध रहेको युवाहरुको लागि शुलभ तरिकाले ऋण दिएर कुखुरा पालन र तरकारी खेती लगायत अन्य क्षेत्रहरुमा युवाहरुलाई सक्रिय बनाउने उद्देश्यले गाँउपालिकाले सहकारी र सुमह मार्फत बिउ पुँजी समेत परिचालन गरेको उनले जानकारी दिए ।

१९ मंसिर २०७७, शुक्रबार ०९:५९



तपाईको प्रतिक्रिया