नागरिकका लागि ब्याज अनुदान सहितको सम्झौता

खरानीटार । तादी गाँउपालिकाले ब्याज अनुदान सम्बन्धि एकिकृत कार्यबिधि २०७५ अनुसार कृषि बिकास बैङ्कसँग सम्झौता गरेको छ ।

नेपाल सरकारबाट स्वीकृत सहुलियतपुर्ण कर्जाको लागी स्थानिय तहले ब्याज अनुदान दिने गरि कृषि बिकास बैङकसँग सम्झौता गरेको हो । तादी गाँउपालिका भित्र रहेका नागरिकहरूलाई ब्यबसायिक कामका लागी पुँजीको ब्यबस्थापनको लागी गाँउपालिकाले बैङकसँग ब्याज अनुदान कार्यबिधि अनुसार प्रकृया अगाडी बढाएको गाँउपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डेले बताए ।

सहुलियतपुर्ण कर्जाको लागी बैङकले सहजिकरण गर्ने, ब्याज अनुदानको ब्यबस्था गाँउपालिकाले गर्ने र ब्यक्तिलाई ब्यबसायी बनाउने कार्यमा नुवाकोट उद्योग बाणिज्य संघले सहजिकरण गर्ने गरी त्रिपक्षिय सम्झौता भएको हो ।

गाँउपालिका क्षेत्रका कृषि तथा पशुपन्छि जन्य र अन्य क्षेत्रका ब्यबसाय प्रबद्धन गर्नका लागी सहयोग पुग्ने गाँउपालिकाको नीति अनुसार यो सम्झौता भएको हो ।

ब्यबसायी बन्न चाहने वा ब्यबसाय गरिरहेका सबैखाले उद्यमीलाई कार्यबिधि अन्तर्गत योग्यता पुगेका ब्यक्तिहरूलाई बैङ्क मार्फत ऋण प्रबाह गरी ब्याजमा अनुदान दिने गाँउपालिकाको नीति छ ।
स्थानिय तहको जमानीमा बैङ्कले ब्यक्तिलाई ऋण लगानी गरी स्वरोजगारका कार्यक्रमहरू यो अभियान अन्तर्गत सञ्चालन हुने छ ।

समुदायमा रहेका परम्परागत सिप र पेशालाई आधुनिकिरण गर्दै ब्यबसायिक अभिबृद्धि गर्ने, जनजाती, सिमान्तकृत, अपाङगता तथा विपन्न बर्गलाई समेट्दै आयआर्जनका लागी सहुलियत प्रदान गरी उद्यमशिलता बिकास तथा बित्तिय पहुँच बढाउने अपेक्षा राखेको छ ।

२२ मंसिर २०७७, सोमबार ११:५८



तपाईको प्रतिक्रिया