विदुर । असहाय, जेहेन्दार तथा जनजातिको लागि शिक्षा नाम संस्थाले तारकेश्वर गाउँपालिका जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेको छ । तारकेश्वर गाउपालिकाको सहकार्यमा आयोजित कार्यक्रममा १५ सय जना बृद्धबृद्धाहरुलाई न्यानो कपडा प्रदान गरिएको छ ।
गाउँपालिकाको छ वटै वडामा बृद्धबृद्धाहरुलाई जाडोमा लगाउने कपडा प्रदान गरिएको संस्थाका कोषाध्यक्ष राममणि अधिकारीले जानकारी दिएका छन् । गाउँपालिकाका अध्यक्ष रमेशबहादुर वस्ती, उपाध्यक्ष तारादेबी रिमाल र असहाय, जेहेन्दार तथा जनजातिको लागि शिक्षा नाम संस्थाका अध्यक्ष बाबुराम अधिकारीले कपडा हस्तान्तरण गरेका हुन् । प्रत्येक पुरुषलाई एक/एक थान ज्याकेट र महिलालाई पछ्यौरा वितरण गरिएको छ ।
यस अघि पनि गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई पठनपाठनमा सहयोग पु-याउन संस्थाले शैक्षिक सामाग्री उपलब्ध गराउदै आएको थियो । त्यसका साथै अस्पतालमा भर्ना भएका बिरामीहरुलाई पोषिलो खानेकुरा खुवाउने कार्यमा समेत संस्थाले आफ्नो गतिविधि सञ्चालन गरिसेकेको छ ।






२ माघ २०७७, शुक्रबार १७:५५