बेत्रावती । रसुवामा थप दुई जनामा कोरोना संक्रमण देखिएको छ । उत्तरगया गाउँपालिकाको क्वारेन्टाइनमा रहेका एक पुरुष र एक महिलामा कोरोना संक्रमण देखिएको गाउँपालिकाका स्वास्थ्य प्रमुख रबिन्द्र ठकुरीले जानकारी दिए । यो संगै रसुवामा कूल संक्रमितको संख्या १७ पुगेको छ ।
संक्रमित हुनेमा उत्तरगया ४ का ३५ वर्षका एक महिला र एक पुरुष हुन् । राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो । १० दिन अघि ३० जनाको स्वाव संकलन गरि परिक्षण गर्न पठाइएको मा उनीहरुमा संक्रमण देखिएको हो । बाँकी सबैको परीक्षणको नतिजा नेगेटिभ आएको छ । संक्रमित महिला कतारबाट र पुरुष दुबईबाट आएर करिब २० दिनदेखि गाउँपालिकाले तोकेको क्वारेन्टाइनमा बसेका थिए । संक्रमितहरुको स्वस्थ्य अवस्था सामान्य रहेको छ ।
आईतबार मात्र जिवजिवेस्थित ग्रामिण अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना देखिएको थियो । स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएसँगै अस्पतालको ओपिडी र वार्डहरू शिल गरिएको छ । उनलाई त्यही रहेको आइसोलेसनमा राखिएको छ । अस्पतालले जारी गरेको प्रेस विज्ञप्ती अनुसार उनी एक महिनादेखि उक्त अस्पतालमा नै कार्यरत छन् ।
गएको साउन २५ गतेदेखि भदौ ६ गतेसम्म अस्पतालमा सेवा लिन आएका सेवाग्राहीलाई सेल्फ क्वारेन्टाइनमा बस्न अस्पतालले आग्रह गरेको छ । अस्पतालमा कार्यरत कर्मचारीहरूको प्रोटोकल अनुसार स्वाब संकलन गरी कन्ट्याक ट्रेसिङ गर्नुपर्ने भएकाले अस्पतालले अति आवश्यक सेवा बाहेक अन्य सेवा बन्द गरेको छ ।
९ भाद्र २०७७, मंगलवार १४:३५