रसुवा । चीनतर्फ गएको पहिरोको कारण रसुवागढी नाका ११ दिनदेखि बन्द भएको छ । चीनको केरुङ भन्दा वर पर्ने ठोङ्सामुनिको घुम्तीनेर पहिरो गएपछि गएको साउन ३२ गतेदेखि नाका बन्द भएको हो । पहिरो पन्छाउने काम जारी रहेको र पर्सी शुक्रबारबाट नाका सञ्चालनमा आउने चिनियाँ पक्षले जानकारी दिएको रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले बताए ।
रसुवामा कोरोना फैलिएको भन्ने गलत सूचना प्रवाह भएपछि चिनियाँ पक्षले नाकामा रहेका कामदारको पिसिआर रिर्पोट मागेको छ । रसुवागढी नाकाबाट एक महिनाअघिदेखि आयात सुरु भएको भएपनि न्यून आयात हुँदै आएको थियो ।
१० भाद्र २०७७, बुधबार २१:४४