रसुवामा संक्रमितको संख्या २४२

धुञ्चे । रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या २४२ पुगेको छ । ८ जना संक्रमित थपिसँगै सक्रिय कोरोना संक्रमितको संख्या २४२ पुगेको हो । कोरोनाको दोस्रो लहर सुरु भएसँगै जिल्लामा पनि कोरोना संक्रमित बढेका हुन् ।

स्वास्थ्य कार्यालय रसुवाका अनुसार गोसाइँकुण्डमा ११, कालिकामा १७६, उत्तरगयामा ५२ र आमाछोदिङ्मोमा ३ जना छन् । संक्रमितहरूमध्ये १२ जना संस्थागत र २३० जना होम आइसोलेसनमा छन् ।

रसुवामा हालसम्म ९३९ जनामा कोरोना पुष्टि भएको थियो । जसमा ६९६ जना निको भएका छन् । जिल्लामा हालसम्म ३ हजार ४०९ वटा स्वाव संकलन गरिएकोमा २ हजार ४७० नेगेटिभ र ९३९ पोजेटिभ आएको थियो ।

७ असार २०७८, सोमबार १७:४४



तपाईको प्रतिक्रिया