धुन्चे । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक शुक्रबारदेखि अवरुद्ध भएको छ । धुन्चेदेखि रसुवागढीसम्म चार स्थानमा गएको पहिरोको कारण सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार धुन्चे स्याफ्रु सडकखण्ड अन्तर्गत त्रिशुलीखोलामा र चिलिमे जलविद्युत् आयोजनाको अगाडि पहिरो गएको छ भने ठुलोभार्खुमा पहिरोले ग्याविनवाल नै लगेको छ ।
यस्तै स्याफ्रु रसुवागढी सडक खण्डमा अन्तर्गत लिङलिङमा झरेको पहिरो पन्छाउने काम अझै सकिएको छैन । ब्लाष्टिङ गरेर ठुलो ढुंगा फुटाइएको भएपनि हटाउने काम निरन्तर भैरहेको छ । सडक खुलाउनका लागि समन्वय गरिरहेको प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेले बताए । सडकको चार स्थानमा ठुलो पहिरो गएका कारण सडक खुल्न केही समय लाग्ने उनको भनाइ छ ।
७ असार २०७८, सोमबार १८:१५