विदुर । नुवाकोटका एक महिलाले आज सोमवार काठमाडौंमा पाँच शिशु जन्माएका छन् । सुत्केरी सोनिका तामाङको उमेर २८ वर्ष रहेको छ । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूती गृहमा ति महिलाले पाँच वटा सन्तानलाई जन्मदिएका हुन् ।
चार छोरी र एक छोरा जन्मिएकोमा चार छोरी जिवित् छन् । शल्यक्रिय गरेर जन्माइएको ति शिशुहरु मध्ये छोरोको शिल्यक्रियकै क्रममा निधन भएकोअस्पताल श्रोतले जनाएको छ ।
अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. कृतिपाल सुवेदीका अनुसार आज सोमबार बिहान मृतसहित ५ शिशुको जन्म भएको थियो । जीवित जन्मिएका ४ शिशुलाई आइसियुमा राखिएको छ । आमा र शिशुहरुको स्वास्थ्य अवस्था सामान्य छ ।
४ शिशुमध्ये एकको १ किलो ९०० ग्राम, अन्य तीन जनाको १ किलो ८०० ग्राम, १ किलो ६०० ग्राम र ८०० ग्राम तौल रहेको छ ।
चार वटा सन्तान पेटमा रहेको पहिल्यै जानकारी भएको र बढि असजिलो हुन थालेपछि अस्पताल गएको सोनिकाका श्रीमान् हरि तामाङले जानकारी दिएका छन् । आठ महिनामै उनको अप्रेसन गरिएको हो । तर अप्रेस गर्दा मात्रै पेटमा पाँच वटा शिशु भएको थाहा भएको थियो ।
१९ आश्विन २०७७, सोमबार २०:१९