बाख्रा पालक महासंघको अध्यक्षमा थापा

विदुर । नेपाल ब्यवसायीक बाख्रा पालक महासंघ नुवाकोटको दोश्रो जिल्ला अधिवेशन बुधवार सम्पन्न भएको छ । जिल्ला अधिवेशनले सन्तोष थापाको अध्यक्षमा नयाँ कार्य समिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा रमेशकुमार बस्नेत, सचिवमा पवित्रा पुडासैनी, सह सचिवमा रमेश केसी र कोषाध्यक्षमा श्रीकृष्ण रिजाललाई चयन गरेको छ । यस्तै कार्य समिति सदस्यहरुमा कृष्णबहादुर तामाङ, गणेशबहादुर श्रेष्ठ, सुवास तामाङ, ताराकुमारी खत्री, सावित्री थापा, टलकबहादुर तामाङ, जनकराज गिरी र अस्मिता अधिकारी छन् ।

२२ पुष २०७८, बिहीबार १८:०८



तपाईको प्रतिक्रिया