धमाधम धान रोपाई

विदुर । यस वर्ष मनसुन चाँडै सुरु भएपछि असार नलाग्दै धान रोपाइँ सुरु भएको छ ।

नुवाकोटका अधिकांश भुभागमा रोपाई सुरु भएको छ । धानबाली हुने मुख्य फाँटहरूमा समेत धान रोपाई सुरु भैसकेको छ । अहिले नुवाकोटका बिभिन्न स्थानका किसानलाई धान रोपाइँको चटारो परेको छ । खेतमा पानी भरिएपछि किसानलाई धान रोप्ने चटारो परेको हो । अघिल्ला वर्ष असार पहिलो हप्ताबाट रोपाइँ सुरु हुने भएपनि यसपालि असार नलाग्दै रोपाइँ सुरु भएको छ । कतिपय किसानले धानको बिउ छोटो भए पनि रोपाइँ सुरु गरेका छन् । सिँचाई अभावका कारण आकाशे पानीका भरमा रोपाइँ गर्नुपर्नेमा मनसुन चाँढै भित्रिए पछि रोपाई सुरु भएको हो । खेतमा पानी भरिएपछि रोपाइँ तिर किसान लागेका हुन् ।

रोपाइँ सुरु भए पनि धानखेतीका लागि नभइ नहुने रासायनिक मलको भने अभाव छ । समयमै पानी परेकाले यस वर्ष धानको उत्पादन बढ्ने आशामा बसेका किसान मल नभएपछि उत्पादन आधा घट्नेमा चिन्तित छन् । सरकारले यो महिनाको अन्त्यसम्ममा मल सहज हुने दाबी गरेको छ ।

७ असार २०७९, मंगलवार ०७:१५



तपाईको प्रतिक्रिया