दर्पणको अध्यक्षमा पुनः तिमिल्सिना

विदुर । विदुर स्थित दर्पण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औँ बार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पुनः राजकुमार तिमिल्सिनाको अध्यक्षतामा कार्य समितिको निर्विरोध चयन गरेको छ ।

उपाध्यक्षमा बिष्णु प्याकुरेल, सचिवमा रामशरण अधिकारी, कोषाध्यक्षमा रामेश्वर अधिकारी चयन भएका छन् । यस्तै कार्यसमिति सदस्यहरुमा कपिलदेब खनाल, ध्रुब पुडासैनी, प्रल्हाद केसी, जीबन तिमिल्सिना, परशुराम अधिकारी चयन भएका छन् । सुनिल बिष्टको संयोजकत्वमा लेखा समिति चयन भएको छ । लेखा समिति सदस्यहरुमा सन्तोकुमार तामाङ र उद्धब अधिकारी छन् । नयाँ कार्य समितिको कार्यकाल चार वर्षको रहने छ ।

१० वर्ष अघि विदुरमा स्थापना भएको दर्पण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले युवा व्यवसायी तथा स्वरोजगारमा सम्लग्नहरुलाई आर्थिक मद्दत गर्दै आएको छ । झण्डै ६५ लाख शेयर पुँजी रहेको सहकारीले गएको आर्थिक वर्ष २०७६\७७ मा करिब २ करोड रुपैयाँ भन्दा बढी ऋण लगानी गरेको छ ।

सहकारीले चालु आर्थिक वर्ष २०७७\७८ मा शेयर पुँजी वृद्धि गरि ९० लाख रुपैयाँ पु-याउने लक्ष्य राखेको छ । त्यस्तै ऋण लगानीमा समेत वृद्धि गरि साढे दुई करोड रुपैयाँ पु-याउने नीति साधारण सभाबाट पारित भएको कोषाध्यक्ष अधिकारीले जानकारी दिएका छन् । विदुर नगरपालिकाको पुरानो कार्यालय नजिकै गज्जा खरिद गरिसकेको सहकारीले भवन निर्माणका लागि समेत आवश्यक कार्य थाल्ने बताइएको छ ।

२७ पुष २०७७, सोमबार ०९:२७



तपाईको प्रतिक्रिया