पञ्चकन्या । नुवाकोटको यस पञ्चकन्या गाउँपालिकाले कृषकहरुलाई फोनबाटै परामर्श र सेवा दिन थालेको छ । त्यसका लागि गाउँपालिकाले नम्वर र सम्पर्क व्यक्ति आज सार्वजनिक गरेको छ ।
पञ्चकन्या गाउँपालिका वडा नं. १ का अध्यक्ष मणिनाथ लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेजबाट यो जानकारी सार्वजनिक गरेका हुन् । उनका अनुसार घरमै बसी बसी कृषकको समस्या समाधान गर्नका लागि स्थापना गरिएको कृषि कल सेन्टरको मोवाइल नं. ९८८१३४८१३६ रहेको छ ।
विश्व महामारी कोभिड–१९ का कारण घरमै बढी बस्नुपर्ने अवस्थाम कृषकहरु रहेकोले उनीहरुको सहजताका लागि कृषक कल सेन्टरको सुरुवात गरिएको वडाअध्यक्ष लामिछानेले जानकारी दिए ।
बन्दाबन्दी र पछिल्लो समय नुवाकोटमा फैलदो कोरोना भाइरसको संक्रमणका कारण कृषि उत्पादनमा गिरावट नआओस् भनेर कृषकलाई सहयोग गर्न यो अभियान थालिएको पञ्चकन्या गाउँपालिकाका प्रमुख प्रशाकिय अधिकृत नरेश पुडासैनीले बताए । उनका अनुसार कृषकहरुको समस्या फोनबाटै समाधान गरिने छ । आवश्यक पर्दा विज्ञहरुको टोली खेतबारीमै जाने गरी समेत प्रवन्ध मिलाइएको छ ।
९ भाद्र २०७७, मंगलवार १५:५७