‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’बाट सम्मानित

विदुर । वैदेशिक रोजगारीबाट फर्किएर नुवाकोटमा कृषि पेशामा संलग्न भएका दुईजना सहित तीनजना किसान ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’बाट गत बिहीबार सम्मानित भएका छन् ।

कृषि क्षेत्रको विकासमा पु-याएको योगदानस्वरूप नुवाकोटका तीन किसानलाई कृषि ज्ञान केन्द्र नुवाकोटले ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’बाट सम्मान गरेको केन्द्र प्रमुख केशव खनालले जानकारी दिए । उनका अनुसार जिल्लाका उत्कृष्ट किसानका रूपमा बेलकोटगढी नगरपालिका– ११ का हरिप्रसाद अधिकारी, ककनी गाउँपालिका– ७ का बलराम पाठक र म्यागङ गाउँपालिका– ३ का प्रकाश तामाङलाई नगद १५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको छ ।

कोरोनाको कारण भारतमा रोजगारी खोसिएपछि अघिल्लो वर्ष भदौमा गाउँ फर्किएका ककनीका बाख्रापालक किसान पाठक र कतारमा रोजगारी गरेर फर्केसँगै रोजगारीका लागि युरोप जान ठिक्क बनाएको पैसाले टनेल बनाएर बेमौसमी तरकारी फलाउन थालेका म्यागङका किसान तामाङसहित ट्राउट माछापालक किसान अधिकारी नवाकोटका उत्कृष्ट किसान घोषित भएका हुन् ।

२२ पुष २०७८, बिहीबार १७:४३



तपाईको प्रतिक्रिया