ग्लोबलको अध्यक्षमा सुरेन्द्र

बट्टार । ग्लोबल उपभोक्ता सहकारी संस्था लिमिटेडको नवौं बार्षिक साधारण सभा तथा चौथो अधिवेशन शनिवार सम्पन्न भएको छ ।

अधिवेशनले सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा पवन नेपाल, सचिवमा विष्णुहरि अर्याल, कोषाध्यक्षमा देबनारायण चित्रकार चयन भएका छन् ।

यस्तै कार्य समितिको सदस्यहरूमा सुदर्शनमान दुवाल, रघुनाथ रिमाल, राजकुमार श्रेष्ठ, सर्जुकुमारी श्रेष्ठ, उसनमान श्रेष्ठ छन् । सहकारीको लेखा समितिमा संयोजक सरेजा डंगोल र सदस्यहरूमा शर्मिला डंगोल र भवानी भट्ट चयन भएका छन् ।

साधारणसभाको उद्घाटन संस्थाका ज्येष्ठ सदस्य हरिकृष्ण श्रेष्ठले गरेका थिए । सहकारीका अध्यक्ष बिष्णुप्रसाद रिमालले वार्षिक प्रतिवेदन तथा भावी योजना, कोषाध्यक्ष देवनारायण चित्रकारले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक गजेन्द्र खड्काले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थामा हाल १ हजार ५८० जना सेयर सदस्य छन् । १ करोड २५ लाख रुपैयाँ सेयरपुँजी रहेको सहकरारीको प्रतिवेदनमा उल्लेख छ ।

सहकारी संस्थाले गएको आर्थिक वर्षमा ९ लाख ११ हजार २ सय ४१ रुपैयाँ कमाएको छ । साधारणसभामा संस्थाका सदस्य सुदर्शनमान दुवाल, पुरुषोत्तम सापकोटा लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

११ पुष २०७७, शनिबार १७:५२



तपाईको प्रतिक्रिया