श्रीकृष्ण सहकारीको २४ औं साधारण सभा

बट्टार । नुवाकोटको बट्टार वजारमा रहेको श्रीकृष्ण बचत तथा ऋण परिचालन सहकारीको २४ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।

सभा उद्घाटन गर्दै विदुर नगरपालिका वडा नं. ४ का अध्यक्ष टलकमान श्रेष्ठले सहकारीले यस क्षेत्रका सदस्यको आर्थिक बिकासमा देखाएको क्रियाशिलताको प्रशंसा गरेका छन् । विदुर नगरपालिकाका नगर शाखा प्रमुख पुष्कर शर्मा रिमालले सहकारी संस्थाहरुले सहकारी ऐन पालना गर्नु पर्नेमा जोड दिएका छन् ।

सभामा संस्थाका अध्यक्ष वच्चुमाया सुनारी मगरले गत आर्थिक वर्ष २०७७/०७८ को प्रगती प्रतिवेदन र चालु आर्थिक वर्ष २०७८/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । संस्थामा हाल १ हजार ३९१ जनाको २ करोड ३२ लाख ३२ हजार रुपैयाँ शेयर पुँजी रहेको छ । साधारणसभामा संस्थाका कोषाध्यक्ष गजेन्द्र खड्काले आर्थिक प्रतिवेदन तथा प्रस्तावित वजेट प्रस्तुत गरे । संस्थाले गत आव २०७७/२०७८ मा ११ करोड १ लाख २३ हजार ७७१ रुपैयाँ ऋण लगानी गरी १६ लाख २७ हजार रुपैयाँ नाफा आर्जन गरेको कोषाध्यक्ष खड्काको प्रतिवेदनमा जनाईएको छ । साधारणसभामा लेखासमिति संयोजक राजेन्द्र तिवारीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका छन् ।

साधारण सभामा संस्थाका संस्थापकहरु दिपक अधिकारी, गोमा अधिकारी, डोमा तामाङ र गंगा शाही बोगटीलाई सहकारीले सम्मान गरेको छ । उत्कृष्ट कारोवार गर्ने सदस्य दिपक मिजार र उत्कृष्ट बचत गर्ने ज्ञानुकुमारी अमात्य श्रेष्ठ र बाबुराम शर्मा अधिकारीलाई पनि सम्मान गरिएको सहकारीका सचिव श्रीराम नेपालले जानकारी दिए ।

संस्थापक अध्यक्ष बिष्णुप्रसाद नेपाल, सहकारीका पुर्ब अध्यक्षहरु हरिप्रसाद घिमिरे, नवराज अधिकारी, रामप्रसाद अधिकारी, केशबप्रसाद रिमाल, गतीशिल बहुउद्देश्यीय सहकारी संस्थाका प्रतिनिधि निर्मला खड्का लगायतले मन्तब्य राखेका थिए ।

२५ पुष २०७८, आईतवार १९:४६



तपाईको प्रतिक्रिया