दर्पण सहकारीको १२ औं बार्षिक साधारण सभा

विदुर । दर्पण बचत तथा ऋण सहकारी संस्था लिमिटेड विदुरको १२ औं बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । बार्षिक साधारण सभामा प्रस्तुत प्रतिवेदन अनुसार सहकारी निक्षेप संकलन तथा लगानीमा अब्बल देखिएको छ ।

बार्षिक साधारण सभामा संस्थाका अध्यक्ष राजकुमार तिमिल्सिनाले बार्षिक प्रतिवेदन, कोषाध्यक्ष रामेश्वर अधिकारीले आर्थिक प्रतिवेदन तथा लेखा समिति संयोजक सुनिल विष्टले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

बार्षिक साधारण सभभाको अवसरमा सहकारीले ‘सहकारी स्वास्थ्य उपचार कोष’ अन्र्तगतको शेयर सदस्यहरुको उपचारमा सघाउ पु-याउन आर्थिक अनुदान समेत प्रदान गरेको छ । जटिल रोगको उपचारका क्रममा अप्रेसन गर्नुपरेका शेयर सदस्यहरुलाई दर्पण सहकारीले बार्षिक १० हजार रुपैयाँ उपलब्ध गराउदै आएको छ । उक्त सहयोग कार्यक्रम अन्र्तगत यस पटक तीन जना शेयर सदस्यहरुलाई जनही १०/१० हजार रुपैयाँ स्वास्थ्य उपचारका लागि सहकारीले सहयोग गरेको कोषाध्यक्ष रामेश्वर अधिकारीले जानकारी दिएका छन् ।

२०६७ साल जेठ १८ गते स्थापना भएर १५ दिनपछि कारोवार थालेको उक्त सहकारीको शेयर पुँजी ८० लाख रहेको छ । दर्पण सहकारीले गएको आर्थिक वर्षमा झण्डै साढे दुई करोड रुपैयाँ ऋण लगानी गरेको छ । शेयर सदस्यहरुको आर्थिक उन्नतीका साथै सामाजिक उत्तरदायित्वमा उत्तिकै सक्रिय सहकारीले विश्व महामारी कोभिड–१९ को समयमा स्वास्थ्यका विभिन्न क्षेत्रमा काम गरेको संस्थाका अध्यक्ष राजकुमार तिमिल्सिनाले जनाएका छन् । त्रिशुली अस्पताललाई आइसियु बेड उपलब्ध गराउनका लागि नुवाकोट जिल्ला बचत तथा ऋण सहरकारी संघसंग आर्थिक सहकार्य गरी सामाजिक उत्तरदायित्व पुरा गरेको उल्लेख छ ।

त्यस्तै बार्षिक साधारण सभामा दिइएको जानकारी अनुसार दर्पण बचत तथा ऋण सहकारी संस्थाले विश्व महामारी कोभिड–१९ को कारण लकडाउनको अवधिमा कर्जा रकमको ब्याजमा लागेको हर्जनामा छुट दिएको छ ।

११ वर्ष अघि एउटा समुहको रुपबाट स्थापित उक्त सहकारी संस्था अहिले सयौं सदसस्यहरुको वित्तिय खाँचो टार्नका लागि महत्वपूर्ण खम्बाको रुपमा रहेको भन्दै सहकारीका शेयर सदस्यहरुले दर्पण सहकारीलाई बचत तथा ऋण सहकारी मध्येमा नुवाकोटमा अब्बल बनाउने तर्फ केन्द्रित गराउने बताएका छन् । सहकारीका उपाध्यक्ष बिष्णु प्याकुरेलका अनुसार युवाहरुलाई संगठित गर्ने र उनीहरुको सामुहिक बचत मार्फत् आवश्यकताको परिपुर्ति गर्ने सोचका साथ स्थापित उक्त सहकारीले शेयर सदस्यहरुको आर्थिक क्षेत्रदेखि सामाजिक क्षेत्रमा समेत परिवर्तन गर्न मद्दत गरेको छ ।

२५ पुष २०७८, आईतवार २०:०६



तपाईको प्रतिक्रिया