भद्रुटारमा स्वावलम्बन कृषि सहकारी

पञ्चकन्या । नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नं. ५ भद्रुटारमा गठन भएको भद्रुटार स्वावलम्बन कृषि सहकारी संस्था लिमिटेडको पहिलो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट १७ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा समिति चयन भएको छ ।

वडा नं. ५ का अध्यक्ष माधब सिटौलाको प्रमुख आथित्यता भएको कार्यक्रममा उक्त वडाको १५ वटा स्वावलम्बन समुहका १२० जनाको उपस्थिति रहेको थियो । जसमा स्थानीय सहकारी संस्थाका प्रतिनिधिहरु, स्थानीय बिद्यालयका प्रधानाध्यापकहरुले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष सिटौलाले साच्चै गरिवी मुक्तिका लागि सहकारि अभियानका भन्ने मुल नाराका साथ सहकारी संस्था अगाडी बढाउनका लागि शुभकामना दिँदै भर्खर उम्रेको सहकारीको बिरुवा हुर्काउन सबै लाग्नुपर्ने र त्यसको लागि वडाको तर्फबाट हरेक कुरामा सहयोग रहने बताएका छन् । ग्रामीण स्वावलबन बिकास केन्द्रका तर्फबाट ‘फिल्ड कोअर्डिनेटर’ साधुराम सापकोटाले संस्थाबाट सहकारी निर्माणमा सहजीकरण गरिएको स्मरण गराउदै सहकारीलाई सहकारीको मर्म अनुसार सञ्चालन गर्नको लागि आग्रह गरे । कार्यक्रमका सभापति तथा उक्त सहकारी संस्थाका संस्थापक अध्यक्ष गोकर्ण गिरीले सहयोगी संस्थालाई धन्यवाद दिदै भद्रुटारमा समुह हुँदै बनेको सहकारीका कारण कृषकहरुमा नविन जागरण आएको बताएका छन् ।

२४ पुष २०७९, आईतवार १६:३१



तपाईको प्रतिक्रिया