ड्रयागन, कालो बेसार, अगरउड र मेवा एकै ठाउँमा

नुवाकोट । ड्रयागन फल, कालो बेसार, अगरउड अनि मेवा । मानव स्वास्थ्यका लागि संसारभर प्रख्याती कमाएको यी बहुमुल्य कृषि उत्पादन एकै ठाउँमा खेती भइरहेको देख्ने र हेर्ने अवसर सायदै मिल्ला । तर नुवाकोटको विदुर नगरपालिका वडा नं. ५ तल्लो पिपल्टारमा आउने हो भने संसारका यि सर्वाधिक खोजिहुने गुणकारी र मानव स्वास्थ्यका लागि अमृत सरहका ड्रयागन फल, कालो बेसार, अगरउड र मेवा उत्पादन भइरहेको पाउनु हुने छ ।

नुवाकोटका सफल ब्यवसायी प्रकाश राई पछिल्लो तीन वर्षदेखि यसै गरी नै यहाँका यि बहुमुल्य उत्पादनहरूको स्याहारसुसार गर्छन् । तल्लो पिपल्टारमा सिद्धिगणेश एग्रो एण्ड रिसर्च सेन्टर प्रालि स्थापना गरेर उनले ब्यवसायीक खेती थालेका छन् ।

कृषि व्यवसायीको परिचय बनाउने रहरले उनले थालेको यो काममा पाँच करोड भन्दा बढी नगद लगानी भइसकेको छ । आफ्नै नाममा रहेको यो ५० रोपनी क्षेत्रफलमा सुरु भएको यी बहुमुल्य उत्पादन हेर्न र स्याहारसुसार गर्नका लागि उनले कर्मचारी समेत राखेका छन् ।

मानव स्वास्थ्यसंगै अन्तरािष्ट्रय स्तरमै माग रहेको कृषि उत्पादनका लागि आफ्नो अभियान सुरु भएको र यसबाट आत्मसन्तुष्टि प्राप्त भएको उनी सुनाउछन् । कृषि, यस भित्र पनि आधुनिकिकरण र अधिक मुल्य आउने आफ्ना यी चार थरी कृषि उत्पादनले नुवाकोटलाई अन्तराष्ट्रिय बजारसम्म चिनाउने प्रकाश राई बताउछन् ।

प्रति किलो सात सय रुपैयाँदेखि एक हजार रुपैयाँसम्म विक्रि हुँदै आएको ड्रयागन फल पिपल्टार स्थित यो सिद्धिगणेश एग्रो एण्ड रिसर्च सेन्टरमा ब्यवसायिक रुपमा उत्पादन सुरु भएको छ । यहाँ दुई किसिमको ड्रयागन उत्पादन भइरहेको छ । एकथरी बाहिर रातो र भित्र रातो भएको अनि अर्को बाहिर र भित्र सेतो भएको ड्रयागनको उत्पादन यहाँ भइरहेको छ । यहाँ १५ सय पिल्परमा चार हजार पाँच सय ड्रयागन लगाइएको छ । प्रति बोटले २५ किलो भन्दा माथी उत्पादन दिन थालेको कृषि ब्यवसायी प्रकाश राईले बताएका छन् ।

नेपालमा भर्खर भित्रिएको हल्का गुलाबी रङको, खादा मिठो अनि गर्मी समयमा फल्ने नवआगन्तुक फल ड्रागन थाईल्यान्ड, मलेशिया, इजरायल भियतनाम हुदै दक्षिण पूर्व एशिया र ल्याटिन अमेरिकामा मुख्य रूपमा लोकप्रिय छ । यसको माग संसारभरी छ । भएको यो फल अहिले नेपालमा पनि लगाउने गरिएको पाइन्छ । ड्रयागन फल खेतीको लागी गर्मी २०–३० डिग्री तापक्रम र कम वर्षा अर्थात् ५०% वार्षिक औसत वर्षा हुने ठाउँमा अनुकूल हुने भएकोले पनि यहाँ यो बढी प्रभावकारी देखिएको छ । नेपालमा यसको खेती समुद्री सतह देखि ४५०० फिट सम्म गर्न सकिन्छ । यो फल क्यान्सर बिरामीका लागी एकदमै फलदायिक हुनुका साथै मधुमेह भएका व्यक्तिले पनि सेवन गर्न मिल्छ । यस फलमा प्रशस्त भिटामिन, खनिज पदार्थ र औषधिजन्य गुणहरू पाईन्छ । यस फलले एक स्वास्थ र चमकदार छाला बनाउन मद्दत पुर्याउछ । ड्रागन फलमा भिटामिन सी अत्याधिक मात्रामा भएकाले रोगसँग लड्ने प्रतिरोध क्षमता बढाउन पनि मद्दत गर्दछ । यस फलले खराब कोलेस्ट्रोलको स्तर कम गर्न मद्दत पु-याउछ र उच्च फाइबर सामग्री भएकाले पाचन प्रक्रियामा सहयोग गर्छ ।

त्यसो त यस सिद्धिगणेश एग्रो एण्ड रिसर्च सेन्टरको अर्को खेतीको मुख्य आकर्षणको रुपमा यो अगरउड रहेको छ । सञ्जिवनी बुटी सरहर रहेको यो रुख अहिले यहाँ हुर्केर यत्रा भएका छन् । भगवानको वृक्षको रुपमा चिनिने अगरवुड हिन्दु, बौद्ध लगायतका अन्य धार्मिक आस्थासँगै जोडिएको वृक्ष औषधिका लागि प्रयोग हुँदै आएको छ । यस वनस्पतिबाट विश्वकै उच्च श्रेणीको तेल निकालिन्छ ।

यसको तेल डिप्रेसन, क्यान्सर, दम, उच्च रक्तचाप, हेपटाइटिस, कलेजो र मृगौलाको समस्या तथा फोक्सो, पेटमा हुने ट्युमर आदि रोगहरूको उपचार गर्न आयुर्वेदमा प्रयोग गरिन्छ । यसका विभिन्न भागको छुट्टाछुट्टै महत्व हुन्छ रहने गरेको छ । जसमा यसको पात मजेदार चियाको लागि, मधुमेह, दम उपचारका लागि प्रयोग हुँदै आएको छ ।

त्यस्तै तेल छाला सम्बन्धि, बाथ, यौन रोग आदिका लागि प्रयोग हुन्छ । त्यसै गरी, यो काठको धुलो धुपको रूपमा प्रयोगमा आएको छ भने अगरउडको चोप एरोमा थेरापी, अत्तर र अन्य वास्नादार बस्तुहरू बनाँउन प्रयोग गरिन्छ ।

अगरउड संसारको सबै भन्दा महँगो रुख हो । अगरउड विरुवा विविधता पूर्ण भौगोलिक वातावरण भएको ठाउमा पाइन्छ । बिशेष गरी उत्तर पूर्वी भारत देखि जापान, मलेसिया, म्यानमार, इन्डोनेसीया, कम्बोडिया, थाइल्याण्ड जस्ता विभिन्न देशहरूमा यो विरुवा पाउन सकिन्छ । तर पिपल्टारको यही सद्धिगणेश एग्रो एण्ड रिसर्च सेन्टर प्रालिले विश्वमा महंगो र दुर्लभ भएको यो रुखलाई हुर्काउँदै आएको छ । अबको पाँच वर्षमा यहाँका अगरउड उत्तर पूर्वी एसिया तथा ताइवान, कोरिया, जापानका बजारहरू र अरेवियन पेनिन्सुला केन्द्रित पश्चिमी तथा मध्य एसियाका क्षेत्रहरू विक्रिका लागि पु¥याइने ब्यवसायी प्रकाश राईले जानकारी दिएका छन् ।

५ देखी १० बर्षमा अगरउडको उत्पादन लिन सकिने मात्रै होइन एउटा राम्रो चोप भएको अगरउडले १० लाख देखी २ करोड रुपैयाँसम्म दिने सक्नेछ । अगरउडाको विश्वबजारमा अहिले मुल्य प्रति केजी ३५ लाख रुपैयाँ रहेको छ ।

औषधिको रुपमा यसको तेल विभिन्न रोगहरू जस्तै डिप्रेसन, क्यान्सर, दम, उच्च रक्तचाप, हेपाटाइटिस आदिको उपचारका लागि आयुर्वेदिक औषधि बनाउन प्रयोग हुन्छ । त्यसै गरी, सजावटको रुपमा यसको काठबाट निकालिने तेल विभिन्न बास्नादार चिजहरू जस्तै अत्तर बनाउन प्रयोग हुन्छ । विभिन्न प्रकारका धुपहरू बास्नादार बस्तुहरू बनाउनमा यसको प्रयोग गरिन्छ ।

यहाँ रहेको अर्को मत्वपूर्ण उत्पादनका रुपमा कालो बेसार रहेको कृषि ब्यवसायी प्रकाश राई बताउँछन् ।

त्यसो त, कालो बेसारको उत्पत्ति बीच भारत भएको हो र अहिले विश्व भरी फैलिएको पाइन्छ । जंगली जडिबुटीको रुपमा कालो बेसारको प्रयोग हुदै आएको छ । कतै कतै नेपाली बन जंगलहरूमा पाइने यसको संरक्षण तथा खेती नेपालमा उत्ति धेरै भएको पाइदैन । तर प्रकाश राईको यस सिद्धिगणेश एग्रो एण्ड रिसर्च सेन्टर प्रालिले पिपल्टारमा यसको खेती गरेर दिनप्रतिदिन लोप हुदै गएको र लोपन्मुख हुने बोटबिरुवाको सूचीको अग्रपंतिमा परेको कोलो बेसारको संरक्षण गरेको छ ।

यस बिरुवाको कोषहरू कालो रंगको हुने हुनाले यसलाई कालो बेसार भनिएको हो । यसको एउटा बोटमा १० देखि २० वटा पातहरू हुन्छन् । सञ्जिबनी बुटीको रुपमा रहेको यो कालो बेसारमा ३० खाले महत्वपूर्ण तत्वहरू पाईन्छ ।

नुवाकोटमा परिक्षण र सोखका लागि धेरै ठाउँमा ड्रयागन फलको खेती त भइरहेको छ । मेवालाई घको छेउछाउमा एक दुई वोट मात्रै रोप्ने चलन हामी कहाँ छ । अन्य दुई उत्पादन कालो बेसार र अगरउडको त नाम पनि अधिकाशंले सुनेका छैनन् । तर यहाँ यी चार चिजको ब्यवसायी खेती भइरहेको छ । जसका कारण युवा अनि सफल ब्यवसायी प्रकाश राईको चर्चा छ ।

त्यसो त उनी अहिले नुवाकोटमा राजनीतिक रुपले पनि चर्चाको केन्द्रमा छन् । नेपाली काँग्रेसको आन्तरिक निर्वाचनमा झण्डै दुई दशकदेखिको अर्जुननरसिंह केसी पक्षलाई पछाडी पार्दै अन्य समुहहरूका नेता अगाडी आए । यस्तो अवस्थामा पनि केसी पक्षबाट निर्वाचित भएर काँग्रेसको महासमिति सदस्यसम्म बनेका राईको राजनीतिक सम्भावना र मार्ग प्रशस्त भएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिकामा काँग्रेसबाट प्रमुखको उम्मेदवार बन्नका लागि उनलाई काँग्रेकै नेता कार्यकर्ताहरूबाट आग्रह हुन थालेको छ । लामो समयदेखि समाजसेवा र व्यवसायमा रहेका प्रकाश राईले नै काँग्रेस भित्रको गुटगत विभाजनलाई एकतावद्ध गर्नसक्ने काँग्रेसकै नेताहरूले बताउने गरेका छन् ।

२०५० सालबाट नेपाल विद्यार्थी संघको राजनीति सुरु गरेका राई काँग्रेसको क्षेत्रिय सचिव, जिल्ला कार्य समिति सदस्य हुँदै नेपाली काँग्रेसको महासमिति सदस्य समेत बनिसकेका छन् ।

५ चैत्र २०७८, शनिबार १४:०६



तपाईको प्रतिक्रिया