कृषि बीमामा कृषकको सक्रियता बढ्यो

विदुर । कृषि बीमा प्रति लिखु गाउँपालिकाका किसानहरूको सक्रियतामा वृद्धि भएको छ । गाउँपालिकाले कृषि र पशु पालन व्यवसायमा वृद्धि गरी सम्मुनत लिखुको विकास गर्ने उद्देश्यले दुई बर्षदेखि कृषि र पशु पक्षी बीमा शुल्कमा ५० प्रतिशत अनुदान कार्यक्रमलाई निरन्तरता दिइरको छ ।

गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठका अनुसार आ.व. ०७८/७९ मा ८९५ कृषकको १३४ गाई, ८१९ भैँसी, ५१५ बाखा, ११७ बङ्गर गरी कुल नौ करोड ७८ लाख १४ हजार रुपैयाँबराबरको बीमाङ्क रकमको पशुधनको बीमा भएको छ ।

पशुको बीमा गर्दा पशु प्राबिधिक कृषकको गोठ/फर्ममा गई पशको स्वास्थ्य परीक्षण गरी स्थानीयस्तरमा खरिद–बिक्री गर्दा पाउने रकमलाई आधार मानेर मूल्य निर्धारण गरेर बीमा गर्ने र बीमा गरेको पशुधन १५ दिनभित्रमा दुर्घटना ाहेक अन्य कारणबाट क्षति भएमा क्षती दाबी नलाग्ने प्रावधान रहेको छ ।

साथै, बीमा गरेको कृषि बाली क्षती भएमा सात दिनदेखि १५ दिनभित्र बीमा कम्पनीमा खबर गर्न‘पर्ने र पशुपंक्षी बीमाको हकमा तीन दिन भित्र लिखित निबेदन पेश गर्नुपर्ने छ ।

क्षति भएको आवश्यक कागजपत्र १५ दिनभित्र कार्यालयमा आएमा २१ देखि ३५ दिनभित्र क्षति दाबी ९० प्रतिशत भक्तानी सम्बन्धित कृषक/फर्मलाई कम्पनीले दिने गरेको छ ।

यसै बीच, नुवाकोट जिल्लामा पछिल्ला वर्षमा कृषि तथा पशुपंक्षी र बाली बीमा कार्यक्रम प्रभावकारी बन्दै जानुमा कृषक÷फर्म व्यवसायीमा चेतनाको विकास, विगतका दिनमा बीमा कम्पनीले जिल्लामा प-याएको सेवा मुख्य रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

स्थानीयस्तरमा सञ्चालनमा रहेका डेरी, सहकारी, सञ्चारमाध्यम, सङ्घ–संस्था, गाउँपालिका, नगरपालिका, भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, लगायतको सहकार्यमा बीमा कार्यक्रम सफल भएको केन्द्रले जनाएको हो ।

कृषि तथा पशुपंक्षीको र उत्पादन र लागतमा बीमा गर्न सकिने बीमा गराउँदा बिउ नै रोपेको हो भने १० दिनभित्र र बेर्ना रोपेको हो १५ दिनभित्र बीमा गर्नुपर्ने, बीमा गर्न कृषि प्रविधिकले तयार पारेको उत्पादन वा लागतमा आधारित भएर गर्न सकिने ब्यबस्था रहेको छ ।

१३ भाद्र २०७९, सोमबार ०४:००



तपाईको प्रतिक्रिया