काफलगेडी सहकारीको १४ औं बार्षिक साधारण सभा

कोलनी । काफलगेडी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । बार्षिक साधारण सभाको अवसरमा नेपाली काँग्रेसको केन्द्रीय सदस्य बहादुरसिंह लामा तामाङले नवनिर्मित कार्यालय भवनको उद्घाटन समेत गरेका छन् ।

विदुर नगरपालिका वडा नं. ९ त्रिशुली कोलनीमा सहकारीले यस वर्ष चार तल्लाको सुविधासम्पन्न र अत्याधुनिक भवन निर्माण गरेको छ । कार्यक्रमम सम्वोधन गर्दै प्रमुख अतिथि तामाङले सहकारी संस्थाहरुका कारण गाउँ गाउँमा आएको आर्थिक जागरण उत्साहजनक र लोभ लाग्दो रहेको बताए । उनले काफलगेडी सहकारीले छोटो समयमा नै गरेको प्रगतीको प्रशंसा गरेका छन् ।

१४ औं बार्षिक साधारण सभाको अवसरमा सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले बार्षिक प्रतिवेदन, कोषाध्यक्ष प्रदिपरत्न शाक्यले आर्थिक प्रतिवेदनलेखा समितिका संयोजक अनुज जोशीले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

२०६४ सालमा १०८ जना शेयरधनीहरुले सुरु गरेको काफलगेडी बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा अहिले सयौं शेयर सदस्यहरु रहेका छन् । सहकारीको शेयर पुँजी एक करोड साढे ६१ लाख रुपैयाँ रहेको छ । सहकारीले चार करोड ४० लाख रुपैयाँ शेयर सदस्यहरुलाई ऋण लगानी गरेको छ ।

शनिवार उद्घाटन भएको सहकारीको कार्यालय भवन एवं ‘हाम्रो ब्यवसायिक भवन’ सहकारीकै जग्गा (क्षेत्रफल ०–४–१–३) मा तयार भएको अध्यक्ष हरिकृष्ण श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार एक करोड २० लाख रुपैयाँको लागतमा भवन निर्माण सम्पन्न भएको छ ।

१४ औं बार्षिक साधारण सभाको अवसरमा सहकारीले असल कारोवार गर्ने सदस्यहरुको सम्मान गरेको छ । दैनिक बचत तथा विपिन श्रेष्ठ, ऋण तर्फ पुष्पबहादुर घले, संस्थापक शेयर सदस्यबाट कारोवार गर्ने तर्फ ईन्दिरा केसीलाई सम्मान गरेको छ । यस्तै उत्कृष्ठ ब्यवस्थापकको रुपमा यमनाथ भट्ट, तोकिएको समयमा भवन निर्माण गरेर हस्तान्तरण गरेकोमा सिंहराज तामाङ र भवन निर्माणमा महत्वपूर्ण भुमिका खेलेका सुवर्ण केसीलाई कदर पत्र प्रदान गरिएको काफलगेडी सहकारी संस्थाका सचिव सुमन अधिकारीले जानकारी दिएका छन् ।

२५ पुष २०७८, आईतवार २०:००



तपाईको प्रतिक्रिया