सहकारी संघको उप समिति

ढिकुरे । जिल्ला सहकारी संघ नुवाकोटको लिखु गाउँपालिकामा समन्वय उप समिति गठन भएको छ ।

शुक्रवार आयोजित कार्यक्रममा बिवेक ढकालको संयोजकत्वमा ११ सदस्यीय लिखु सहकारी संघ समन्वय उपसमिति गठन भएको हो । सचिवमा रामप्रसाद ढकाल, र सदस्यहरूमा रामशरण थापा, जनक थपलिया, बासु थापामगर, दीपककुमार पन्त, रामेश्वर अगस्ती, रामप्रसाद न्यौपाने, संगीता घिमिरे, बाबुकृष्ण डंगोल र अनन्त गुरूवाचार्य छन् ।

समन्वय उप समितिमा लिखु गाउँपालिका कार्यक्षेत्र रहेका २७ सहकारी संघसंस्थाहरूको प्रतिनिधित्व रहेको छ ।

उप समिति गठनका लागि आयोजित भेलामा लिखु उपसमितिले प्रशिक्षण कार्यक्रमको समेत आयोजना गरेको थियो । लिखु गाउँपालिका भित्रका सहकारी संस्थाका अध्यक्ष तथा ब्यवस्थापकहरूलाई तालिम दिइएको संयोजक ढकालले जानकारी दिएका छन् । कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघका अध्यक्ष गोकणनाथ न्यौपानेले संघीयताको मर्म अनुसार जिल्ला सहकारी संघले स्थानीय स्तरमा समेत उप समिति गठन गर्न थालेको बताएका छन् । स्थानीय स्तरका सहकारीहरूका सम्भावना र समस्याका विषयमा नजिकैको समिति बढी जानकार र दत्तचित्त हुने उल्लेख गर्दै अध्यक्ष न्यौपानेले यसरी पालिका स्तरमा गठन हुने समन्वय उपसमितिलहरू सहकारीहरूलाई थप बलियो पार्ने बताएका छन् ।

कार्यक्रममा लिखु गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामिछाने, वडा अध्यक्ष नरहरी पाण्डे, सहकारी विज्ञ पुष्कर शर्मा रिमाल पार्वती उप्रेतीको सहभागिता रहेको थियो ।

२० भाद्र २०७९, सोमबार ०६:१०



तपाईको प्रतिक्रिया