नयाँ आर्थिक वर्षका लागि ६ अर्ब सात करोड

नुवाकोट । आर्थिक बर्ष २०७७/७८ को लागी नुवाकोटमा ६ अर्ब सात करोड भन्दा माथीको बजेट कार्यान्वयन हुने भएको छ ।

हाल नुवाकोटमा १२ वटै स्थानिय तहले प्रस्तुत गरेको बजेटका आधामरमा यो रकम नुवाकोटमा खर्चिने भएको हो । बिकास निर्माण, कर्मचारी तलब भक्ता, भौतिक पुर्बाधार बिकास लगायत सबै क्षेत्रको लागी यो बजेट बिनियोजन भएको हो । यसका साथै, नुवाकोटमा केन्द्र र संघबाट परेका अरु बजेटहरु समेत रहेका छन् ।

यस बर्ष नुवाकोटको बिदुर नगरपालिका एक अर्ब आठ करोड रुपैयाँ बजेट रहेको छ । बेलकोटगढी नगरपालिकाको झण्डै १ अर्ब, शिवपुरी गाउँपालिकाले ४९ करोड २५ लाख, ककनी गाउँपालिकाले ४३ करोड, दुप्चेश्वर गाउँपालिकाको ४१ करोड, पञ्चकन्या गाउँपालिकाले ४० करोड ९३ लाख, किस्पाङ गाउँपालिकाले ४० करोड, तारकेश्वर गाउँपालिकाले ३९ करोड, सूर्यगढी गाउँपालिकाले ३८ करोड १२ लाख, लिखु गाउँपालिकाको ३७ करोड ७८ लाख र तादी गाउँपालिकाले ३६ करोड १९ लाख रुपैयाँको बजेट बिनियोजन भएको छ ।

बजेटसँगै सबै स्थानिय तहले बिनियोजन बिद्ययक समेत सभामा पेस गरिसकेका छन् । साउन १ गते देखि यो नयाँ बजेटको कार्यान्वयन सुरु हुने छ । जिल्लामा सबैभन्दा कम म्यागङ गाउँपालिकाको बजेट ३४ करोड रुपैयाँ रहेको छ । पेश भएको नीति तथा कार्यक्रम र बजेट केहीले पारित गरिसकेका छन् भने केही स्थानीय तहले छलफलपछि पारित गरिने जनाएका छन् । यस बर्ष सबै स्थानिय तहको बजेट कृषि र स्वास्थ्यमा केन्द्रित भएको छ । कोरोना भाईरसका कारण ठुलो जनशक्ति बिदेशबाट फिर्ता भएकाले उनिहरुलाई कृषि पेसामा ब्यबस्थापन गर्न स्थानिय तहले निति तथा कार्यक्रममा समेटेका छन् । सबै स्थानिय तहले कृषिमा अनुदान, यान्त्रिकरण र प्रबिधि मैत्रि बनाउदै उत्पादन क्षमता बढाउने योजना बनाएका छन्

२५ असार २०७७, बिहीबार १३:४५



तपाईको प्रतिक्रिया