पञ्चकन्या र तादी गाउँपालिकाका नागरिकका लागि आइपीओ

माउन्टेन इनर्जी नेपालले साउन ८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका लागि प्राथमिक सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । नुवाकोट र म्याग्दी जिल्लाका नागरिकका लागि आइपिओ आउन लागेको हो । आयोजना प्रभाबित क्षेत्र अन्तर्गत नुवाकोटको पञ्चकन्या गाँउपालिका र तादी गाँउपालिकाका नागरिकहरुले आईपिओ भर्न पाउने छन् ।

कम्पनीले १९ लाख ६८ हजार २७ कित्ता प्राथमिक सेयर नुवाकोट र म्याग्दी जिल्लाका प्रभावित क्षेत्रका बासिन्दालाई बिक्री गर्ने छ । कम्पनीले साउन २२ गतेसम्म प्रभावितका लागि निष्काशन गर्नेछ । यदि, मागअनुसार आवेदन नपरेमा ढिलोमा भदौ ५ गतेसम्म निष्काशन गर्न सक्ने बताइएको छ । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मको लागि आवदेन दिन सक्ने छन् । प्रभावित क्षेत्रमा रहेका बैंक तथा वित्तीय संस्थाबाट आइपिओको लागि आवदेन दिन सकिने बिक्री प्रबन्धक नविल इन्भेष्टमेन्टले जनाएको छ ।

३ श्रावण २०७७, शनिबार ११:५८



तपाईको प्रतिक्रिया