विदुर । सरकारले कोरोना महामारी रोकथामका लागि नेपालमा लगाएको लकडाउन अन्त्य हुँदैछ । सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। युवराज खतिवडाका अनुसार अहिले राति (मंगलवार) १२ बजेपछि अन्त्य हुने छ । चैत ११ देखि सरकारले लकडाउन गरेको थियो ।
सरकारले साउन १५ गतेदेखि होटल तथा रेष्टुराँ सञ्चालन गर्न दिने निर्णय गरेको छ। कोभिड–१९ सम्बन्धी सुरक्षाका मापदण्ड अपनाई होटल तथा रेष्टुराँले सेवा दिन सक्ने छ । होटल तथा रेष्टुराँमा सभा सम्मेलन भने गर्न पाइने छैन। त्यस्तै, ट्राभल, ट्रेकिङ एजेन्सी पनि साउन १५ देखि नै सञ्चालन गर्न पाइने भएको छ।
भदौ १ देखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने भएको छ। खेलकुदका प्रशिक्षण तथा प्रारम्भिक चरणका खेलकुद पनि भदौदेखि सञ्चालन गर्न पाइने भएको छ।
के/के पाइँदैन ?
ठूला सभा, सम्मेलन, गोष्ठी, सेमिनार गर्न भने बन्देज लगाइएको छ। शैलुन, ब्युटीपार्लर, जिमखाना, चिडियाखाना, धार्मिकस्थल, स्वीमिङ पुल, सिनेमा घरहरू सञ्चालन गर्न नपाइने भएको छ। यी व्यवसायका सम्बन्धमा पछि फेरि निर्णय छ ।
हवाई सेवा खुल्दै
यसै बीच, सरकारले आगामी १ भदौदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई सेवा नियमित सञ्चालनमा ल्याउने निर्णय गरेको छ । सुरक्षा सावधानी अपनाएर हवाई सेवा सुचारु गर्ने निर्णय गरेको हो ।
के कस्तो सुरक्षा सावधानी अपनाउने भन्ने बारेमा पर्यटन मन्त्रालयले केही दिनभित्रै तय गर्ने पर्यटनमन्त्री योगेश भट्टराईले जानकारी दिए । अन्तर्राष्ट्रिय अभ्यास हेरेर मादपण्ड बनाई हवाई सेवा सुचारु गर्ने तयारीमा सरकार छ ।
हवाई सेवा सुचारुबारे पर्यटन मन्त्रालयले नै अध्ययन गरेको प्रतिवेदनका आधारमा सरकारले सुचारु गर्ने निर्णय गरेको हो । कोरोना सङ्क्रमणका कारण नेपालमा ९ चैतदेखि अन्तर्राष्ट्रिय तथा ११ चैतदेखि आन्तरिक उडानमा रोक लगाइएको छ ।
आन्तरिक उडानको भाडाबारे एयरलाइन्स व्यवसायीहरूसँग छलफल गरी लागू गरिने छ । अन्तर्राष्ट्रिय उडानका लागि भने पीसीआर जाँच अनिवार्य गरिने भएको छ । मन्त्रिपरिषद्को बैठकले छोटो दूरीमा अन्तरजिल्लामा सवारीसाधन चलाउन दिने निर्णय गरेको छ । यस विषयमा यातायात मन्त्रालयले थप योजना बनाएर लागू गर्ने छ ।
मन्त्रिपरिषद् बैठकले प्रशासकीय अदालतमा अध्यक्ष र दुई सदस्य नियुक्त गरेको छ । कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेका अनुसार पूर्वकानुन सचिव डिल्लीराज घिमिरेलाई अध्यक्षमा नियुक्त गरिएको छ भने सदस्यमा अधिवक्ता रीता मैनाली र उच्च अदालत पोखराका रजिस्ट्रार कृष्णप्रसाद पौडेललाई नियुक्त गर्ने निर्णय भएको छ ।
उक्त भाइरसलाई यसरी सुधार गरिएको छ कि यस्ले मानिसमा सङ्क्रमण फैलाउन सक्दैन र यसलाई कोरोनाभाइरस जस्तै प्रकृतिको “देखिने” गरी बनाइएको छ।
६ श्रावण २०७७, मंगलवार २२:३१