कोभिड–१९ बीमा रकम प्रदान

विदुर । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले कोभिड–१९ (नोबेल कोरोना भाइरस) बीमाको रकम कोरोना संक्रमित भई निको भएका पत्रकारलाई प्रदान गरेको छ ।

पत्रकार महासंघ नुवाकोटका सचिव जगदीश खनाललाई इन्स्योरेन्स कम्पनीले बिमाङ्क रकम एक लाख रुपैयाँ प्रदान गरेको हो ।

नुवाकोट शाखाका प्रवन्धक श्रीकृष्ण आचार्यका अनुसार पत्रकार खनालको बैंक खातामा रकम जम्मा भएको छ । पत्रकार खनाल कोभिड–१९ बाट संक्रमित भएपछि भदौ ३ गते त्रिशुली अस्पतालको आईसोलेसनमा भर्ना भएका थिए । उनी भदौ ८ गते कोरोना निको भएर घर फर्किएका हुन् ।

पत्रकार महासंघ नुवाकोटले जिल्लामा कार्यरत ९५ जना पत्रकारको सिद्धार्थ ईन्स्योरेन्स कम्पनीबाट कोभिड–१९ बीमा गराएको छ ।

१७ भाद्र २०७७, बुधबार २०:४६



तपाईको प्रतिक्रिया