विदुर । नुवाकोटको सदरमुकाम लगायत आसपासका बजार र नगर क्षेत्रमा वर्षौँदेखि हुने अव्यवस्थित फोहोरको विदुर नगरपालिकाले व्यवस्थापन गर्ने नयाँ योजना अघि सारेको छ । फोहोरको उचित व्यवस्थापन र उपयोगका लागि लामो समयदेखिको प्रयत्नपछि नगरपालिकाले सफा र स्वच्छ नगर मात्र होइन, फोहोरबाट मोहोर प्राप्त गर्नेसम्मको कार्यक्रम ल्याएको हो ।
त्यसका लागि नगर क्षेत्रका प्रत्येक घरलाई फोहोर जम्मा गर्ने बाल्टिनको व्यवस्था गर्न लागेको छ । जस अन्तर्गत एउटा बाल्टिन विदुर नगरपालिकाले निःशुल्क वितरण गर्ने र अर्को एउटा स–शुल्क उपलब्ध हुने छ । जसमा जम्मा भएको फोहोरलाई कम्पोष्ट मल बनाएर आर्थिक उपार्जन गरिने नगरपालिकाले जनाएको छ । यो अभियान सफल पार्न वडा समिति, टोल विकास संस्था लगायत सामाजिक संघसंस्थासंग वडा नं. ४ का अध्यक्ष एवं विदुर नगरपालिकाका प्रवक्ता टलकमान श्रेष्ठले आग्रह गरेका छन् ।
१९ आश्विन २०७७, सोमबार १९:२९