छोटो दुरीको सडक सञ्चालनमा

विदुर । अविरल बर्षाका कारण मैलुङदेखि स्याफ्रुबेशीसम्मको बिभिन्न स्थानमा गएको पहिरोका कारण बन्द रहेको चीनसँगको अन्तराष्ट्रिय व्यापारिक नाका जोड्ने छोटो दुरीको सडक बुधबारबाट सञ्चालनमा आएको छ ।

बर्षायामभर अबरुद्ध रहेको नाका रसुवागढि जोड्ने छोटो दुरीको मैलुङ स्याफ्रुबेशी सडक सञ्चालनमा आएको छ । नेपाली सेनाले निमाण सम्पन्न गरेको सडक धेरै ठाउँमा पहिरोका कारण असारदेखि नै अवरुद्ध रहेको थियो । सडक सञ्चालनका लागि भदौ १५ बाट लगातार काम भइरहेको थियो । मैलुङदेखि स्याफ्रुबेशी सम्मको १९ किलोमिटर सडक सञ्चालनमा ल्याउन सफल भएको गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेशी–रसुवागढी सडक आयोजनाका प्रमुख नारायणदत्त भण्डारीले बताए ।

नारायणदत्त भण्डारी

मनसुन कम भएसँगै भदौ १५ गतेदेखि सडक सञ्चालनको काम सुरु गरिएको थियो । दैनिक तीन वटा स्काभेटर र एउटा टिपर मार्फत सडक सुचारु गराउन काम भएको थियो । आयोजना प्रमुख भण्डारीका अनुसार केहि ठाउँमा सडक पुरै तलसम्म भासिएकाले सञ्चालन गर्न ढिला भएको हो ।

गएको असार मसान्तदेखि यो सडक अबरुद्ध भएको थियो । सडकमा यात्रा गर्न जोखिम भएको र बैकल्पिक सडक पनि भएका कारण उक्त सडक तत्काल सञ्चालन ल्याइएको थिएन । तीन महिनादेखि अबरुद्ध रहेको सडक सञ्चालनमा आएसँगै अहिले साना तथा ठुला सवारी यो सडक हुँदै आवतजावत गरिरहेका छन् ।

२४ आश्विन २०७७, शनिबार ११:०३



तपाईको प्रतिक्रिया