नुवाकोट । जिल्ला लघु उद्यमी संघ नुवाकोटको १३ औँ साधारण सभा तथा ५ औँ अधिवेशनबाट पुनः गीता थापा अध्यक्षमा चयन भएका छन् ।
थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति गठन भएको हो । कार्य समितिको उपाध्यक्षमा ठाकुर भण्डारी, सचिवमा रामचन्द्र न्यौपाने, सह–सचिवमा मकुन्दप्रसाद रिमाल, कोषाध्यक्षमा सूर्य जिम्बा छन् । सदस्यहरुमा प्रकाश तामाङ, रामभक्त राई, तुलशाा नेपाल, दोर्जे लामा, भैरबबहादुर सुनार र देवीमाया बराकोटी छन् । संघको कार्यसमितिमा १२ वटै स्थानीय तहको प्रतिनिधित्व गर्ने उद्यमीहरुलाई समेट्ने लक्ष्य रहेकोले १५ सदस्यीय बनाइने हो ।
२८ कार्तिक २०७७, शुक्रबार १०:४६