कृषि उपज संकलन केन्द्र

शान्तिबजार । किस्पाङ गाउँपालिकाको शान्तिवजारमा कृषि उपज संकलन केन्द्र निर्माण हुने भएको छ । गाउँपालिकाको वडा नम्वर ५ स्थित शान्तिवजारमा किसानले उत्पादन गरेका कृषि सामग्री खरीद गरी संकलन गरेर विक्री गर्नका लागि कृषि उपज संकलन केन्द्र निर्माण गर्न लागिएको हो ।

गाउँपालिकाका अध्यक्ष छत्र लामाका अनुसार कृषि सम्वद्ध संघसंस्था र गाउँपालिकाको सहयोगमा बन्ने कृषि उपज संकलन केन्द्रका लागि जग्गा छनोटको प्रक्रिया सकिएको छ । किसानहरूले उत्पादन गरेको कृषि सामग्री विक्री नहुने र बजारको समस्या समाधानका लागि गाउँपालिकाको कार्यालयले गत आर्थिक वर्षको बजेटबाट कृषि उपज संकलन तथा विक्री केन्द्र स्थापनाको निर्णय गरेको उनले जानकारी दिए ।

१९ मंसिर २०७७, शुक्रबार ०९:४७



तपाईको प्रतिक्रिया