विदुर । नुवाकोटमा विद्युत् उत्पादन घट्न थालेको छ । जिल्लाका उत्पादन थालेका आयोजनामा चिसोका कारण पर्याप्त पानी नहुँदा विद्युत् उत्पादन घट्न थालेको हो ।
२१ मेगावाट क्षमताको त्रिशुली जलबिद्युत केन्द्रमा ११ मेगावाट विद्युत् उत्पादन घटेको छ । यस्तै, देबिघाट जलबिद्यूत केन्द्रमा ४ मेगावाट बिद्युत् उत्पादन घटेको छ ।
आयोजनाका लागि चाहिने पर्याप्त पानी त्रिशुली नदीमा नहुँदा उत्पादन घटेको हो । पानी कम भएकाले मङ्सिरको दोस्रो हप्ताबाट विद्युत् उत्पादन घट्न थालेको र अझै घट्ने क्रममै रहेको छ । आगामी फागुन महिनाको अन्तिमसम्म पुग्दा विद्युत् उत्पादन निकै कम हुने आयोजनाले जनाएको छ ।
यस्तै, रसुवा जिल्लामा सञ्चालीत बिद्युत आयोजनाहरूमा समेत उत्पादा घटेको छ । त्रिशुली नदी करिडोरमा रहेका सबै जलबिद्युत केन्द्रहरूमा पानीको मात्रा घटेका कारण बिद्युत उत्पादनमा गिरावट आएको हो ।
१ माघ २०७७, बिहीबार १३:१५