मलका कारण आलु कृषक समस्यामा

विदुर । नुवाकोटका किसानहरुले मुख्य रोप्ने समयमा रासायनिक मल नपाएपछि आलु खेती प्रभाबित भएको छ ।

आलु खेतीको लागी आबाश्यक पर्ने मल पर्याप्त मात्रामा किसानहरुले नपाए पछि उब्जानीमा समेत प्रभाब पर्ने कृषि ज्ञान केन्द्र नुवाकोटले जनाएको छ । किसानले हरेक सिजनमा रासायनिक मलको अभाव झेल्नुपर्ने ‘नियती’ नै बनेको छ । बर्खामा रोपाइँका बेला गहुँ छर्दा, आलु लगाउदा समयमै कहिल्यै मल पाउँदैनन् । धेरै ठाउँका किसानहरुले रासायनिक मल बिनानै खेती गर्नुपरेको छ ।

मल विना नै हिउँदे बाली लगाउँदा राम्ररी उत्पादन नहुने भन्दै नुवाकोटका किसान चिन्तित भएका छन् । यस्तै चैते धानबालीका लागि अहिले नै मल ल्याउनका लागि बोलपत्र आह्वान गर्नुपर्ने भए पनि सरकारले त्यसो गर्न नसक्दा चैते धानका लागि झनै मलको अभाव हुन सक्ने देखिएको छ । प्रत्येक बर्ष बाली लगाउने समयमा रासायनिक मलको अभाब हुन थाले पछी नीतिगत सुधारको आबाश्यक रहेको किसानहरुले बताउन थालेका छन् । राज्यले सहुलियत दिएर प्रत्येक समयमा अनिबार्य मलको ब्यबस्था गर्नुपर्ने किसानहरुको आबाज रहेको छ । नीतिगत रुपमा सुधार गरेर आबाश्यक मलको ब्यबस्था गर्नपर्ने किसानहरुको आबाज रहेको छ ।

माग अनुसारको आपूर्ति हुन नसक्दा मलको अभाव भएको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ ।

अहिलेको हिउँदे बालीका लागि ६० देखि ७० हजार मेट्रिक टन डीएपी मल आवश्यक भए पनि २५ हजार मेट्रिक टन मात्रै भित्रिएकाले मलको अभाव भएको हो । मागको ७० प्रतिशत मल ल्याउने जिम्मेवारी कृषि सामग्री कम्पनी लिमिटेडले पाएको छ भने ३० प्रतिशत निजी क्षेत्रलाई दिइएको छ ।

निजी क्षेत्रले मल नै ल्याउन सकेन भने लिमिटेडले पनि टेन्डर पर्दै नपरेको, परे पनि लागत अनुमान भन्दा धेरै परेको लगायतका कारणले पर्याप्त मल ल्याउन नसकेको जनाएको छ । यस्तै अन्तर्राष्ट्रिय बजारमा ३ सयदेखि ३५० प्रतिशतसम्म मूल्य वृद्धि भएकाले थप मल ल्याउन प्रक्रिया अगाडि बढाउन समस्या भएको कृषि सामग्री कम्पनी लिमिटेडका सूचना अधिकारी राजेन्द्र बहादुर कार्कीले बताएका छन् । धान बालीका लागि जेनतेन जोहो गरेका किसानले गहुँ खेतीका लागि फेरि मल अभाव झेलिरहेका छन् ।

२९ मंसिर २०७८, बुधबार १०:१७



तपाईको प्रतिक्रिया