कृषकले धानबालीको क्षतिपुर्ती पाउने

विदुर । कात्तिकको बेमौसमी वर्षाले धानबालीमा क्षति बेहोरेका किसानलाई केही दिनभित्रै राहत वितरण गर्ने सरकारले जनाएको छ ।

राहतको विषयमा यसअघि नै निर्णय भइसके पनि प्रक्रिया लामो भएका कारण वितरण गर्न ढिलाइ भएको हो । अब सबै प्रक्रिया पूरा गरेर रकम निकासा गर्न मात्रै बाँकी रहेको जनाएको छ ।

रकम किसानको बैंक खातामा पठाउने तयारी छ । बैंक खाता नभएका किसानलाई आफ्नो पालिकामा गरेर छिटो खाता खोल्ने योजना रहेको छ । धानबालीमा क्षति बेहोरेका किसानलाई २० देखि ६५ प्रतिशतसम्म राहत दिने सरकारले यसअघि नै निर्णय गरिसकेको छ । क्षेत्रफलका आधारमा साना, मध्यम र ठूला किसान वर्गीकरण गरी २० देखि ६५ प्रतिशतसम्म क्षतिपूर्ति दिन लागिएको हो । गएको कात्तिकमा परेको बेमौसमी वर्षाका कारण देशभर झण्डै सात अर्ब २२ करोड रुपैयाँ बराबरको धानबाली क्षति भएको कृषि तथा पशुपक्षी मन्त्रालयको तथ्याङ्क छ ।

नुवाकोटको ७ हजार रोपनीमा लगाईएको भानबाली बेमौसमि बालीले नष्ट गरेको थियो । कृषि ज्ञान केन्द्रले तत्कालै पालिकाहरु मार्फत संकलन गरेको तथ्याङ्क अनुसार नुवाकोट जिल्लामा ७ हजार रोपनी क्षेत्रफलमा लगाएको धानबालीमा क्षती भएको जनाएको थियो ।

२९ मंसिर २०७८, बुधबार १०:२३



तपाईको प्रतिक्रिया