विद्युतीय सवारीसाधन प्रयोग बढ्यो

विदुर । पछिल्लो वर्षयता विद्युतीय सवारीसाधन प्रयोगको संख्या उल्लेख्य मात्रामा वृद्धि हुँदै आएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार नेपालमा हाल ४० हजारभन्दा बढी विद्युतीय सवारीसाधन भित्रिएर सञ्चालनमा आएका छन् तर सरकारले सवारीसाधनमा प्रयोग भएको ब्याट्री व्यवस्थापनमा कुनै पनि चासो देखाएको पाइएको छैन । सरकारले विद्युतीय सवारीसाधन दर्ता र प्रयोग गर्न दिए पनि ब्याट्री व्यवस्थापनमा चासो नदिँदा पछिल्लो पुस्ताले प्रदूषणको चुनौती खेप्नुपर्ने देखिएको छ । सवारी प्रयोगमा बृद्धि हुनु राम्रो पक्ष भए पनि अर्को पाटो ब्याट्रीको व्यवस्थापन नहुनुले गम्भीर चुनौती थपिदै गएको हो । सवारी प्रयोग भएको दशक वितेपनि ब्याट्रीमा प्रयोग भएका एसिडले गर्ने प्रदूषणबारे राज्य नै बेखबर बनेको छ ।

ब्याट्री व्यवस्थापनबारे कुनै पनि प्रयास नगरेको यातायात व्यवस्था विभागका निर्देशक रामचन्द्र पौडेलले जानकारी दिए । एउटा ब्याट्रीको आयु १० देखि २५ वर्षसम्म हुने भएकाले तत्काल समस्या नदेखिएको र नीतिगत व्यवस्थापनमा लाग्नु ढिलाई भइसकेको उहाँले बताउनुभएको छ । तर यसमा कसैको चासो नभएका उनको भनाई छ ।

यता, मोबाइल र ल्यापटपलगायतका विद्युतीय सामाग्रीहरुको व्यवस्थापन गर्न नेपाल टेलिकमले कार्यविधि नै तयारी गरी व्यवस्थापन गर्ने तयारी सुरु गरेको छ तर वातावरण मन्त्रालय र यातायात व्यवस्था विभागले भने विद्युतीय सवारी साधनमा प्रयोग गरिने ब्याट्रीको व्यवस्थापनका बारेमा तत्काल चासो दिन वातावरणविद्हरुले सुझाव दिएका छन् ।

६ पुष २०७८, मंगलवार १५:२३



तपाईको प्रतिक्रिया